अनेरास्ववीयू क्रान्तिकारीले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने

Add Samajik bikash office

पोखरा,। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले गण्डकी प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
संगठनको शनिबार पोखरामा बसेको गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकले जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
अनेरास्ववीयू क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलले सहिद सप्ताहको अन्तिम दिन प्रदेशका ११ वटै जिल्लाका ३÷३ जना विद्यार्थीहरु सहभागि हुने गरि ‘नेपालको आमुल परिवर्तनमा जनयुद्धको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिने जानकारी दिनुभयो ।
आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरेर १५ दिनभित्र सबै जिल्लाको बैठक बस्ने र प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको छ । सबै जिल्लाका प्रतिनिधिहरुको सहभागितामा तीन दिने प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...