बरंजाका विद्यार्थीको दन्त परिक्षण

Gandaki Ghumau

कृष्णप्रसाद सापकोटा (केपी)

बरंजा, । मंगला गाउँपालिका ३ र ४ बरंजाका विद्यार्थीहरुको शनिबार निशुल्क दन्त परिक्षण भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले महेन्द्र रत्न माविको परिसरमा शिविरको आयोजना गरेको थियो ।
शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत उखेल्ने, औसधी वितरण गर्ने लगायत दाँतलाई सुरक्षित राख्ने सम्वन्धी परामर्श सेवा प्रदान गरिएको छ । शिविरमा २७६ जनाले सेवा लिएका छन् ।
त्यस्तै नाक, कान तथा घाँटी सम्वन्धी विरामीहरुको पनि स्वास्थ्य परिक्षण गरिएको थियो । कान नसुन्ने, कम सुन्ने, घाटि दुख्ने, पिनास हुने, कान पाक्ने कानको जाली फुटेका विरामीहरु पहिचान गरि निशुल्क औसधि वितरण, स्वास्थ्य परामर्श तथा जटिल रोग देखिएकाले बेनी अस्पताल तथा पोखरा जानका लागि पनि सल्लाह दिईएको छ ।
शिविरमा बेनी अस्पतालमा कार्यरत डेन्टल सर्जन डा. अर्विन श्रेष्ठको नेतृत्वमा डेन्टल हाइजेनिष्ट संगीता धमेल, डेन्टल असिस्टेन्ट सरद केसी, रेश्मा खत्री, बरंजा स्वास्थ्य चौकीका प्रमुख रोशन कुमार महतो, बावियाचौर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सुनिता सापकोटा लगायतले सेवा दिनुभएको थियो । आफ्ना नानीबाबुहरुलाई गाउँमै निशुल्क रुपमा दाँत लगायतका स्वास्थ्य परिक्षण गराउन पाउँदा अभिभावकहरु खुसि व्यक्त गरेका थिए ।

Gunasthariya Shiksya
Shreekrishna


शिविरको विद्यालयका भूपू विद्यार्थी तथा हाल बेनी अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत डा. रामु सापकोटाले उद्घाटन गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुले अध्ययन संगै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु पर्ने बताउनुभयो । आफुलाई तथा आफ्नो परिवारमा आएको स्वास्थ्य समस्यालाई लुकाएर नराखी तुरुन्त अस्पतालमा चेकजाँच गर्ने बानी बसाल्न पनि आव्हान गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण थापा (विलव) लगायतले बोल्नुभएको थियो । कार्यक्रम भूपू विद्यार्थी क्लवका अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षता, उपाध्यक्ष लेखनाथ रोकाको स्वागत र सचिव गणेश केसीको संचालनमा सम्पन्न भएको थियो ।
शिविरको समापन सत्रमा मंगला गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष याम रोका, वडा नम्वर ४ का अध्यक्ष लाल बहादुर रोका, विद्यालयका शिक्षकहरु, भूपू विद्यार्थीहरु तथा स्थानीय अगुवाहरुको समेत उपस्थिति रहेको थियो । विद्यार्थीहरुका लागि उपयोगी शिविर आयोजना गर्न आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै क्लवका अध्यक्ष सापकोटाले यस्तै गतिविधिहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...