कपडा तथा फेन्सी व्यवसायीको साधारणसभा

Add Samajik bikash office

डम्मरा । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको छैटौ साधारणसभा शनिबार बेनपा–६ डम्मरामा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्नुहुदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले सवै वस्तुगत संघहरुलाई समेटेर उद्योग वाणिज्य संघले साझा योजना बनाएर अघि बढेको बताउनुभयो । उहाँले स्वच्छ प्रतिस्पर्धा र ब्यापारको शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष कटुवालले पुष २८ देखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको सातौ म्याग्दी महोत्सवले जिल्लाको व्यापारिक गतिबिधिलाई थप चलायमान बनाउने र त्यसलाई सफल पार्न सबै वस्तुगत व्यवसायीहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

समितिका अध्यक्ष तुलसीप्रसाद सुवेदी (रामप्रसाद)ले पालिका र प्रशासनसँग समन्वय गरेर दर्ता विनाका पोके व्यवसायीलाई नियन्त्रण गर्ने, सदस्यता विस्तार र कोष वृद्धि, ढुवानी व्यवसायीसँग समन्वय गरेर भाडादर समायोजनका लागि पहलन गर्ने योजना रहेको बताउनुभयो ।

समितिका सचिव राजुप्रसाद सुवेदीले वि.स. २०७४ मा स्थापना भएको संस्थामा १०६ जना आजिवन र ५५ जना अस्थायी सदस्य रहेका बताउनुभयो । समितिलाई बेनी बाहेक म्याग्दीका अन्य बजार क्षेत्रमा पनि विस्तार गर्न पहल गरिएको उहाँले बताउनुभयो ।

समितिले व्यवसायिक हितका अलावा पछिल्लो एक वर्षयता दुई परिवार आगोलागी पिडितलाई रु. ५७ हजार बराबरको सामग्री सहयोग, रक्तदान र बेनी बालगृहका अनाथ बालगृहका बालबालिकालाई भोजन गराएर स्थापना दिवस मनाएको उपाध्यक्ष दामोदर शर्माले बताउनुभयो ।
गत आर्थिक वर्षमा रु. तीन लाख २८५ बराबरको कारोबार गरेको समितिको खातामा रु. दुई लाख पचास हजार बचत रहेको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहसचिव ईन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...