रेलेखोलाको पचास प्रतिशत निर्माण सकियो

Shreekrishna hardware

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण शुरु भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सकिएको छ ।

ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजना आगामी असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य सहित निर्माणलाई तिब्र बनाएका छन् । सिभिल तर्फ बाँध, पाइपलाइन र विद्युतगृह, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रशारण लाइन निर्माण सँगसँगै अघि बढाएको आयोजनाका इञ्जिनियर आयुश भट्टराईले जानकारी दिनुभयो ।

“गत वर्षको मंसिर महिनादेखि शुरु भएको आयोजनाको हालसम्म समग्रमा ५० प्रतिशत निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “आगामी असार महिनाभित्र परिक्षण उत्पादन शुरु गर्ने लक्ष्य सहित निर्माणलाई तिब्रता दिएका छौ ।”

Shreekrishna

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँधको आधा काम सकेको छ । बाँध नजिकै ५०÷५० मिटर लामा दुई वटा पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माणको काम अन्तिम चरणमा छ । बाँध देखि विद्युतगृह सम्म तीन हजार ६०० मिटर दुरीको पाइपलाइन जडानको काम शुरु भएको छ ।

बाँधमा पुग्ने पहुचमार्गको कुनातर्फ पाइपलाइन राख्ने ठाउँ बनाइएको छ । रेलेखर्कमा जग्गा व्यवस्थापनको काम सकेर विद्युतगृहको संरचना निर्माण थालिएको छ । विद्युतगृह देखि दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताको ५ किलोमिटर प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका आवासीय इञ्जिनियर लोकबहादुर नायकले बताउनुभयो ।

डोजर, ब्याकुहोलोडर लगायत उपकरणका अतिरिक्त दैनिक १३० जना मजदुर र ४० जना भन्दा बढी प्राविधिक तथा कर्मचारी आयोजना निर्माणमा परिचालन भएका छन् । सुरुङ र नहरको बिकल्पमा पाइपलाइबाट पानी ल्याएर ५०५ मिटर माथिबाट विद्युतगृहमा खसालिने भएको छ ।

Ban devision notice

आयोजनाले तीन वर्ष लगाएर नारच्याङको बेशी गाउँदेखि लेकगाउँ हुदै बाँध र रेलेखर्क स्थित बिद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण गरेको थियो । छहरा, हकनी र गौडाका पहाड फुटाएर करिब एक किलोमिटर दुरीमा ११ वटा घुम्तिको सडक बनाएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताउनुभयो ।

रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोबास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालमा जोडिएको छ । यसअघि स्थानीयबासी, तत्कालीन जिबिस र गाउँपालिकाले रु. एक करोड भन्दा बढी खर्च गरेपनि बेशी देखि लेकगाउँ जोड्ने सडकको बिचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।

वडा सदस्य श्याम पुर्जाले बेशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको बताउनुभयो । प्रतिमेगावाट रु. २० करोड लागत अनुमान गरिएको रेलेखोलामा कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकले लगानी गरेका छन् ।
नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना सञ्चालनमा रहेका वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । ११० मेगावाट क्षमताको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलबिद्युत आयोजना निर्माण अन्तिम चरणमा छन् ।

९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलबिद्युत आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलबिद्युत आयोजनाको बिद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको बिद्युतगृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलबिद्युत आयोजना निर्माणको तयारी गरेको छ । हाइड्रो सपोर्ट प्रा.ली प्रर्वद्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलबिद्युत आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताब गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...