बेनी नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा कालिपुलका अव्यवस्थित संरचना हटाइयो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन थालेको छ ।

सार्वजनिक जग्गाको अतिक्रमण हटाउने र संरक्षण गर्ने नगरपालिकाको अभियान अन्तरगत शुक्रबार कालीपुल बसपार्कमा सार्वजनिक जग्गामा बनाइएका अव्यवस्थित भौतिक संरचना हटाएको छ । नगरप्रमुख सुरत केसी, वडा अध्यक्ष उत्तम कर्माचार्य, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायतको उपस्थितिमा डोजर चलाएर संरचना हटाइएको हो ।

बेनी नगरपालिकाको वडा नम्बर ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, रेष्टुरेष्ट, सार्वजनिक शौचालय र भवन हटाएको हो ।वडा अध्यक्ष कर्माचार्यले बसपार्कलाई व्यवस्थित बनाउन अव्यवस्थित भौतिक संरचना डोजर चलाएर हटाइएको जानकारी दिए ।

Shreekrishna hardwear in news

‘सार्वजनिक जग्गा भाडामा लिएर अस्थायी संरचना बनाएर व्यवसाय गर्दै आएका सम्बन्धित व्यक्ति, संस्था र यातायात कम्पनीहरुसँग गरिएको सम्झौताको म्याद बसपार्क निर्माणको काम शुरु भएपछि नगरपालिकाले थपेको थिएन,’ उनले भने ‘सम्बन्धित पक्षले अटेरी गरेपछि बाध्य भएर नगरपालिका आफै अग्रसर भएर संरचना भत्काउन बाध्य भएको हो ।’

कालीपुल बसपार्क निर्माण स्थलमा पर्ने यातायात कम्पनीको दुई वटा टिकट काउन्टर, कालीपुल युनाइटेड क्लवको भवन, सार्वजनिक शौचालय लगायतका संरचना हटाइएको हो । म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको घेराबार पर्खाल पनि भत्काइएको छ । बसपार्क निर्माण स्थलमा पर्ने होटल तेजल एण्ड रेष्टुरेन्टका सञ्चालक भोजबहादुर कार्कीसँग पुष २२ गतेभित्र संरचना हटाउने सहमति भएको छ । सो होटलको पछाडीको भाग भत्काइसकिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन अगाडीको घेराबार पर्खाल पनि भत्काउन नगरपालिकाले छलफल अगाडी बढाएको जनाएको छ । सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ । भवन निर्माण आसपासका क्षेत्रमा बसपार्क ढलान गर्नका लागि संरचनाहरु भत्काइएको हो ।

Bhautik ministry notice about road

बि.स. २०७४ मा तयार पारिएको २१ करोड रुपैयाँ लागत अनुमान सहित कालीपुल बसपार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार अहिले भौतिक संरचना निर्माण भैरहेको छ । नगरपालिका कार्यालय अगाडी म्याग्दी नदी माथिमा रहेको मोटरेबल पुलको हाँडेभिर तर्फ रहेको संरचना हटाएर त्यहाँ पनि जिपपार्क बनाउने तयारी गरेको नगर प्रमुख केसीले बताए ।

नगरपालिकाले पुल नजिकै भाडामा दिएको जग्गामा व्यवसाय गरेकासँगको सम्झौताको म्याद यसअघिनै सकिएकाले सो ठाउँ छाड्न पटक पटक पत्राचार गरेकोे । पुल नजिकै अतिक्रमण हटाएर बागलुङ, भकिम्ली र बरंजा चल्ने जिप तथा बस पार्किङ स्थल बनाउने नगरपालिकाको योजना छ ।

जिल्ला प्रशासन कार्यालय अगाडीको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीहरुसँग पनि नगरपालिकाले सम्झौता थपेको छैन् । त्यहाँ पार्किङ स्थल बनाउनका लागि व्यवसायीहरुलाई हट्न सार्वजनिक सूचना जारी गरेको छ ।

बेनी नगरपालिका– ८ कालीपुलको पुरानो बजारको एक रोपनी भन्दा बढी अतिक्रमण हटाएर ‘पार्क’ (उद्यान) बनाइएको छ । बेनीको सार्वजनिक जग्गा, पुल, खोल्सा र सडक अतिक्रमण गरेर घर, अस्थायी टहरा बनाएका छन् ।

नगरपालिकासँग सम्झौता गरेर सार्वजनिक जग्गा भाडामा लिएर व्यवसाय गरेका कतिपयले बर्षौदेखिको बक्यौता तिरेका छैनन् । केहीले सस्तोमा भाडामा लिएको सार्वजनिक जग्गामा संरचना बनाएर महँगोमा भाडामा लगाएका छन् ।


Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...