मौवाफाँटको दृष्टिविहिन स्रोत कक्षालाई रु. पचास हजार सहयोग

Add Samajik bikash office

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई रु. पचास हजार भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।
रघुगंगा गाउँपालिका–२ भगवति घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर र महेश्वरी कटुवालले रु. पचास हजार १५५ नगद सहयोग गर्नुभएको हो । दिवंगत अभिभावक स्व. भबवहादुर कटुवाल र भागिरथी कटुवालको सम्झनामा स्रोत कक्षाका दृष्टि विहिन बालबालिकाको शैक्षिक सामग्री, छात्रावास व्यवस्थापनमा सहयोग गर्नुभएको हो ।
सो स्रोत कक्षामा हाल १० जना दृष्टिविहिन बालबालिका अध्ययनरत रहेका प्रअ विजय सुवेदीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...