जलजलाले घुम्ति शिविर मार्फत वडामै सेवा दिने

Add Samajik bikash office

बेनी,। पर्वतको जलजला गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर वडाबाटै सेवा दिने भएको छ ।
लामाखेत स्थित गाउँपालिकाबाट प्रदान गरिने सेवा वडामै उपलब्ध गराउन घुम्ति शिविर सञ्चालन गर्ने निर्णय बुधबार गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गरेको हो । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन वडा स्तरमा घुम्ति शिविर सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यपालिकाका प्रवत्ता तथा वडा नम्बर ८ नाग्लीवाङका वडा अध्यक्ष हरिविकास जिसीले कार्यालयमा सेवा लिन आउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गाउमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गर्ने निर्णय गरिएको बताउनुभयो ।
जलजला गाउँपालिकाले ९ वटै वाडहरूमा सेवा प्रवाह घुम्ती शिविर संचालन गरि नागरिकका गुसानो र समस्यालाई आधार बनाएर गाउँसभाको तयारी गर्ने बताउनुभयो । बैठकले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत जलजला गाउँपालिकामा निर्माणाधिन सडक विस्तार आयोजनाका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजिकरण गर्ने निर्णय गरेको छ ।
निर्माण सम्पन्न भैसकेको विद्यालयका पुराना भवन भत्काउने अनुमती दिएको छ भने बर्खायामको समयमा प्रत्येक वडाको बाटो सफा गरेपावत रकम भुक्तानी दिने निर्णय गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...