कोरला नाका जोड्ने सडक निर्माणलाई तिब्रता दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन

Add Samajik bikash office

बेनी, । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणलाई तिब्रता दिन दिर्नेशन दिनुभएको छ ।

चिन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दी र मुस्ताङ खण्डमा सडक निर्माणको अनुगमनका लागि बिहिबार म्याग्दी आउनुभएका अध्यक्ष तिमिल्सीनाले ढिलासुस्ति प्रति असन्तुष्टि जनाउनुभयो ।

अध्यक्ष तिमिल्सीनाले मुस्ताङको लोमान्थाङ स्थित चिनको सिमाना कोरला नाका जोड्ने सडकको पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा भइरहेको सडक निर्माणको अवस्थाको बारेमा आयोजनाका अधिकारी, सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ ।

Shreekrishna hardwear in news

बि.स. २०७३ देखि शुरु भएको १९९ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ मध्य ६ वटा प्याकेज मात्र निर्माण सकिएको छ । आयोजनाका प्रमुख जगत प्रजापतिले मालढुङ्गा–बेनी, गलेश्वर–नागढुङ्गा, नागढुङ्गा–घाँसा खण्डमा बर्खापछि निर्माण व्यवसायी काममा फर्किएका जानकारी गराउनुभयो ।

Bhautik ministry notice about road

भारतीय नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सडक आयोजना सुरु गरिएको थियो । आयोजना निर्माणको लागत रु. ७ अर्ब ५५ करोड रहेको छ । गत आर्थिक वर्षसम्म रु. ५ अर्ब ८४ करोड बजेट खर्च र ७५ भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७९÷०८० का लागि आयोजनालाई रु. १ अर्ब ३८ करोड ७६ लाख बजेट विनियोजन गरेको छ ।

जोमसोम–कागबेनी, खन्ती–जोमसोम र चराङ–छोसेर खण्डको तीन वटा प्याकेजमा काम अलपत्र पारेका निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको बताउनुभयो । अध्यक्ष तिमिल्सीनाले निर्धारित समयमा काम सम्पन्न हुन नसक्नुको कारण पहिचान गरि निर्माणलाई गति दिन सरकारलाई निर्देशन दिने बताउनुभयो ।

“सडक तयार भएसँगै कोरला नाका सञ्चालन गर्ने वातावरण बनाउन चिन सरकारसँग पहल गर्छौ,” उहाँले भन्नुभयो “सडक र पुल निर्माणमा भएको ढिलाईले आर्थिक, व्यापारिक र पर्यटकीय सम्भावनायुक्त कोरला नाका सञ्चालनका लागि पहल सफल हुन सकेको छैन् ।”

अध्यक्ष तिमिल्सीनाले म्याग्दी र मुस्ताङका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सुरक्षा अधिकारीहरुसँग समन्वय गरेर निर्माणलाई तिब्रता दिन निर्देशन दिनुभयो । सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । १९ वटा मध्य पाँचवटा पुल निर्माण सकिएको छ । १४ वटा पुल निर्माणधीन अवस्थामा रहेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...