विद्याज्योतिमा हाजिरिजवाफ प्रतियोगिता

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको विद्याज्योति माविमा बिहिबार अन्तर मा.वि. हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्याज्योति माविको ७५ औ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आठ वटा विद्यालय सहभागि भएका थिए । प्रतियोगितामा लेकफाँटको ग्रामप्रकाश मावि प्रथम, मल्लाजको अमृत आदर्श प्याराडाइज मा.वि. दितीय, विद्याज्योति मावि र जनकल्याण मावि नाग्लीवाङ तृतीय भएका थिए ।

Bhautik ministry notice about road


प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई क्रमश रु. छ हजार, चार हजार र दुई हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो । सहभागी सबै विद्यालयलाई एक÷एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइएको थियो ।
प्रअ रघुनाथ आचार्यको अध्यक्षता, वडा अध्यक्ष तथा जलजला गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक एकिन्द्र खत्रीको प्रमुख आतिथ्यता र शिक्षक मेखबहादुर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शिक्षक हिराबहादुर बरुवालले स्वागत गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा अभिभावक दिवस पनि मनाइएको थियो । विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...