मुनामा सामाजिक परिक्षण र योजना तर्जुमा तथा समीक्षा

Gandaki Pardesh notice

मुना, । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा मंगलबार एकिकृत सामुदायिक विकास र गल्र्स फस्ट फण्ड परियोजनाको सामाजिक परिक्षण र योजना तर्जुमा तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग धवलागिरी गाउँपालिकाको समन्वयमा संगम म्याग्दी र कदम म्याग्दीले संचालन गरिरहेको एकीकृत सामुदायिक विकास परियोजनाको २०२२ को सामाजिक परिक्षण गरिएको हो ।
यसैगरी गल्र्स फस्ट फन्डको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा संगम म्याग्दिले सञ्चालन गरिरहेको वालविबाह न्यूनीकरण परियोजनाको योजना तर्जुमा तथा समीक्षा गरिएको थियो ।
एकीकृत सामुदायिक विकास परियोजनाले समाजमा सकारात्मक प्रभाव छोडिरहेको सहजकर्ता मुक्ती प्रसाद ढुंगानाले बताउनु भयो । उहाँले धवलागिरी गाउँपालिकाको मराङ, ताकम, मुना र लुलाङमा प्रत्यक्ष परियोजनाका लक्षित समुदायलाई भेटेर अबस्था मुल्यांकन गर्नुभएको थियो ।
यसैगरी बालविबाह न्यूनीकरण परियोजनाले संचालन गरेका कृयाकलापको समीक्षा र आगमी योजनाको विषयमा प्रस्तुतीकरण गर्दै सहजकर्ता भरत प्रसाद केसिले अझै पनि पालिकामा बालबिबाह व्याप्त रहेको उल्लेख गर्नु भएको थियो ।
धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुनले हामी जनप्रतिनिधि नयाँ भएकोले परियोजनाले संचालन गरेका कृयाकलापको मिहिन ढंगले अध्यन गर्न बाकी रहेको बताउनु भयो । संस्थाहरुसंगको साझेदारिमा गाउँपालिकाको विकास गर्न आफू लालायित भएको पनि बताउनुभयो ।
कार्यक्रममा कदम म्याग्दिका अध्यक्ष हरि प्रसाद पौडेल र संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले परियोजना संचालन गर्दै गर्दाका अनुभवलाई व्यक्त गर्नुभएको थियो । संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत चन्द्रप्रकाश बुढा मगरले संचालन गरेको कार्यक्रममा धवलागिरी गाउँपालिका वडा नं १,२ र ३ का वडा अध्यक्ष, पालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुब रिजाल, पालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावकहरुका साथै संगम म्याग्दिका कार्यसमितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...