प्रदेश सरकारले म्याग्दीमा पठाएका खेल प्रशिक्षकलाई स्वागत

Gandaki Pardesh notice

बेनी, । गण्डकी प्रदेश सरकारले म्याग्दीमा खेल प्रशिक्षक पठाएको छ । प्रदेश सरकार अन्तरगतको युवा तथा खेलकुद मन्त्रालयले मलिन रोकालाई भलिबल खेल प्रशिक्षक नियुक्त गरेर पठाएको हो ।
मन्त्रालयले हालै प्रतिस्पर्धा मार्फत करारमा खेल प्रशिक्षक नियुक्त गरि प्रदेशका विभिन्न जिल्लामा रहेका खेलकुद विकास समितिमा पठाएको छ । म्याग्दीमा आएका रोकालाई मंगलबार जिल्ला खेलकुद विकास समितिमा स्वागत गरिएको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडा नम्बर ७ का अध्यक्ष रमेश श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, कार्यालय प्रमुख दानबहादुर राई लगायतले रोकालाई स्वागत गर्नुभएको थियो ।
नगर प्रमुख केसीले प्रदेश सरकारले प्रशिक्षक व्यवस्था गरेपछि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर बेनीमा भलिबल खेल प्रशिक्षण केन्द्र सञ्चालन गर्ने नगरपालिकाको योजनामा सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले नयाँ पुस्ताका खेलाडी उत्पादन र उनिहरुलाई अनुशाषितपुर्वक नियममा रहेर खेल्न सिकाउन प्रशिक्षकको महत्वपूर्ण योगदान रहने बताउनुभयो । स्थानीय तह, विद्यालय र क्लवहरुसँग समन्वय गरेर ग्रामिण स्तरसम्म भलिबल खेल सञ्चालन गरिने अध्यक्ष केसीले बताउनुभयो ।
प्रशिक्षक रोकाले भिजन, मिसन र रणनिति बनाएर खेल खेल्ने खेलाडी उत्पादनमा जोड दिने प्रतिवद्धता जनाउनुभयो । जिल्ला खेलकुद विकास समितिमा कर्ण प्रधान तेक्वान्दो प्रशिक्षक हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...