पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

Add Samajik bikash office

नारच्याङ (म्याग्दी) । म्याग्दीका पत्रकार सन्तोष गौतमलाई बुधबार ‘मिडिया सोसाइटी अवार्ड–२०७९’ प्रदान गरिएको छ ।

म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित समारोहमा रु. आठ हजार ८०० नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, संस्थाका अध्यक्ष कमल खत्री, संस्थापक अध्यक्ष गोपाल छन्त्याल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, अन्नपूर्ण–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले गौतमलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो ।

Shreekrishna hardwear in news

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव समेत रहेका गौतम वि.स. २०६४ देखि पत्रकारितामा निरन्तर क्रियाशिल हुनुहुन्छ । बेनीबाट प्रकाशन हुने रिखार दैनिक र धौलागिरी खबर डटकमको प्रकाशक गौतम राष्ट्रिय समाचार समिति (रासस), अन्नपूर्ण पोष्ट्, ग्यालेक्सी फोरके टिभी, धौलागिरी टिभी लगायतका सञ्चार माध्यमममा आवद्ध हुनुहन्छ ।

Bhautik ministry notice about road

म्याग्दी जिल्लामा सञ्चार क्षेत्रमा क्रियाशिल रही पर्यटन, कृषि, विकास निर्माण, जलविद्युत, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकासमा योगदान पु¥याएवापत गौतमलाई पुरस्कृत गरिएको सोसाइटीले जनाएको छ ।

वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो ।

रु. दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानिया र हरिकृष्ण गौतम सम्मानित भइसक्नुभएको छ ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले ग्रामिण क्षेत्रका समस्या र सम्भावना उजागर गर्दै विकास र शुसासनका मुद्दालाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो । स्थानीय पत्रकारको संरक्षण र सञ्चार माध्यमको सवलीकरणका लागि गाउँपालिकाले साथ दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष पौडेलले जिल्लामा पत्रकारिताको विकासका लागि स्थानीय सञ्चार माध्यमको सवलीकरण हुन आवश्यक रहेको बताउनुभयो । सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...