मल्लाजको लुलीया डाडालाई भ्यु प्वाइन्ट बनाउन पहल

Add Samajik bikash office

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा रहेको लुलीया डाडालाई भ्यु प्वाइन्ट बनाउन पहल भएको छ ।

स्थानीयवासी र प्रदेश सरकारको पहलमा लुलियामा पर्यटकीय पूर्वाधार बनेको छ । बेनी–मल्लाज सडक अन्तरगत पर्ने लुलीयाको डाडामा रहेको सार्वजनिक पाखोमा विभिन्न पूर्वाधार निर्माण भएको छ ।

Bhautik ministry notice about road

मल्लाजका युवा नारायण बरुवालले दृष्य अवलोकनका हिसाबले लुलीया डाडाको प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार यहाँ प्रदेश सरकारको सहयोग दुई आर्थिक वर्षमा रु. १२ लाख बजेटमा विभिन्न पूर्वाधार बनाइएको छ ।

Shreekrishna hardwear in news

वनभोज स्थलका लागि डिलतर्फ घेराबार, दुई वटा प्रतिक्षालय, चौतारी र सार्वजनिक शौचालय निर्माण भएको छ । दृष्य अवलोकनका साथै वनभोज स्थलका लागि लुलीयाको डाडा उपयुक्त छ । मल्लाजको हिमशुसेली युवा क्लवले लुलीयाको प्रचारप्रसार गर्ने उद्देश्यले त्यहाँ हालै बनभोज कार्यक्रम आयोजना गरेको थियो । नजिकै पानीको धारा छ ।

लुलीयाबाट बेनी बजार, नागबेली बनेर बगेको कालीगण्डकी र म्याग्दी नदी, धौलागिरी हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । पर्वत, म्याग्दी र बागलुङको दृष्य देखिन्छ । एकान्त र मनोरम ठाउँ भएपनि प्रचारप्रसारको अभावमा लुलीया ओझेलमा परेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...