म्याग्दीमा ‘अफ्रिकन स्वाइन फिवर’बाट बंगुर मर्न थाले

Add Samajik bikash office

बेनी, । म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को संक्रमणका कारण बंगुर मर्न थालेका छन् ।
अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बंगुरको प्रयोगशालामा परिक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीले जनाएको छ ।
केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले म्याग्दीका केही फार्महरुमा लिइएको नमुनामा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको जानकारी दिनुभयो । ‘‘रोग नियन्त्रणमा नआएसम्म बंगुर ओसार पसार गर्न रोकिएको छ,” उहाँले भन्नुभयो “कृषकहरुलाई सावधानी अपनाउन आग्रहका साथै नियन्त्रणका लागि पशु चिकित्सक र प्राविधिक परिचालन गरिएको छ ।”
रोगबाट मरेका बंगुरलाई व्यवस्थित तरिकाले जमिनमा गाड्नुका साथै फैलिन नदिन जैविक सुरक्षा अपनाइएको केन्द्रले जनाएको छ । नौलीबगरको फार्ममा ३० भन्दा बढी बंगुर मरेका अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो । मरेका र बिरामी बंगुरमा ज्वरो बढी आउने, वान्ता गर्ने, झोक्राउने र शरिरमा निलो दाम देखिने लक्ष्यण देखिएको छ ।
बेनी नगरपालिकाको पशु सेवा प्राविधिक प्रदिप गौतमका अनुसार मंगलाघाटको बंगुर फार्ममा पनि २३ वटा बंगुर मरिसकेका छन् । व्यावसायिक रुपमा पालिएको बंगुर फार्ममा रोग देखिएपछि सतर्कता अपनाइएको छ ।
पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपालमा गत वर्षको चैतमा काठमाडौमा देखिएको थियो । गण्डकी प्रदेशको पोखरा, स्याङ्जा र नवलपुरमा केही दिन अघि अफ्रिकन स्वाइन फिवर देखा परेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...