म्याग्दीमा खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारको डेढ करोड बढीका योजना

Add Samajik bikash office

बेनी, । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले म्याग्दीमा चालु आर्थिक वर्षमा खेल पूर्वाधार निर्माणमा रु. एक करोड ६८ लाख बजेट विनियोजन गरेको छ ।
१७ वटा योजनाका लागि सो बजेट बिनियोजन भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका अध्यक्ष दिनेश केसीले १४ वटा खेलमैदान, दुई वटा कवर्डहल र १ वटा खेलमैदान घेराबार योजनाका लागि बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
“प्रदेश सरकाले बजेट बिनियोजन गरेको योजनाले म्याग्दीको खेलकुद विकासमा केही मात्रामा भएपनि सहयोग पुग्ने अपेक्षा गरेका छौ,” उहाँले भन्नुभयो “बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि स्थानीय तहसँग समन्वय गरेका छौ ।”
एउटा योजनाका लागि रु. ५ लाख देखि १५ लाख सम्म बजेट बिनियोजन भएको छ । सबैभन्दा बढी रघुगंगा गाउँपालिका–४ दर्मीजामा कवर्डहल निर्माणका लागि रु. १५ लाख बिनियोजन भएको छ ।
धवलागिरी गाउँपालिका –७ ताकममा ब्याडमिन्टन कवर्डहल बनाउन रु. १० लाख, बेनीको खुल्ला मञ्च खेलमैदानलाई रु. आठ लाख र मालिका–७ को बिम डाडा खेलमैदानलाई रु. ५ लाख बिनियोजन भएको छ । मालिका गाउँपालिका–२ को ज्ञान विकास आधारभूत विद्यालयमा घेराबार बनाउन रु. दश लाख बिनियोजन भएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ को डाडागाउँ, धवलागिरी गाउँपालिका ७ धारापानी, मंगला ३ को गिरि स्मृति युवा क्लव, मंगला–१ पूर्णगाउँको लाल युवा क्लव, मालिका–५ को देउराली खेलमैदान, मालिका–१ को दलेना खेलमैदान निर्माणमा रु. दश÷दश लाख बिनियोजन भएको छ ।
यसैगरी रघुगंगा–२ को राममन्दिर, रघुगंगा–१ को औला गाउँ धाप्पा, रघुगंगा –३ को अक्षेता, पाखापानीको औला, चिमखोलाको मण्डली युवा क्लव र बेनपा–४ को बास्कुनामा खेलमैदान बनाउन रु. दश÷दश लाखका दरले बिनियोजन भएको खेलकुद विकास समितिले जनाएको छ ।
सम्बन्धित स्थानीय तहका प्राविधिक मार्फत डिजाइन र लागत अनुमान तयार पारि, वडा कार्यालयको सिफारिस, उपभोक्ता समिति गठन गरेर योजना सम्झौताका लागि युवा तथा खेलकुद मन्त्रालयमा जान खेलकुद विकास समितिका अध्यक्ष केसीले आग्रह गर्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...