स्याउ बगैचा व्यवस्थापनको चटारो

Add Samajik bikash office

जोमसोम, मुस्ताङका कृषकहरूलाई हिजोआजा स्याउ बगैंचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषि उपज स्याउ हो ।
दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिचाई गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ ।
फुल खेल्नु र हिउँ पर्नु अघिनै बगैचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैंचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन् । रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन् ।
जरा वरफरको झार हटाएर खन्ने र भेडा, च्याङग्रा, गाई, गोरुको मल हाल्ने गरिएको मार्फाका कृषक दिपक लालचनले बताउनुभयो । हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट विरुवालाई पौष्टिक तत्व आपुर्ति हुन्छ । स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ ।
अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ । दाना साना लाग्छन । दानाको स्वाद मिठो हुदैन् । पालुवा र कोपिला पलाउनु अगावै स्वाउका बोटमा हागा काटछाट गर्ने गरिन्छ । स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको स्याउ जोन, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैचा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरेका छन् । बगैचा व्यवस्थापनका सामग्री र बोडो पेष्ट उपलब्ध गराएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो ।
स्याउ तथा फलफुल विज्ञ डा. खेमबहादुर शाहीले कृषकहरुलाई तालिम दिनुभएको छ । मुस्ताङमा यस वर्ष रु. ५९ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । छ हजार ५९७ मेट्रिक्टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
एक हजार ४७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएकोमा ५८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिन्छन् । स्थानीय जातका अलावा ३८ हेक्टर क्षेत्रफलमा इटालीबाट ल्याइएको उच्च घनन्व प्रविधिको स्याउ खेती भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...