उत्साही कपको उपाधी रिभरसाइडलाई

Gandaki Pardesh notice

बेनी । बेनीमा आइतबार सम्पन्न चौथो नव उत्साही सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका–२ बगरफाँटको रिभरसाइड युवा क्लवले जितेको छ ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको फाइनलमा आयोजक नव उत्साही समूह पर्वत वेनीलाई पराजित गर्दै रिभरसाइड च्याम्पीयन बनेको हो । निर्धारित ४०÷४० मिनेटको खेलमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा ढकेलिएको थियो ।
ट्राइवेकरमा रिभरसाइटले ३ र नवउत्साहीले २ गोल गरेका थिए । २५ टिम सहभागी प्रतियोगिता पुष ६ गतेदेखि शुरु भएको नवउत्साही समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयो । एक वटा टिममा ७÷७ जना खेलाडी सहभागि थिए ।

Bhautik ministry notice about road


प्रतियोगितामा विजेता र उपविजेताले ट्रफि मेडल र प्रमाणपत्र सहित रु. ८८ हजार ८८८ र ४४ हजार ४४४ पुरस्कार पाएका छन् । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, कार्यपालिकाका प्रवत्ता तथा ७ नम्बर वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, क्लवका अध्यक्ष श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
अनुसाषित टिमको उपाधी सहित कुश्मा फुटबल क्लवले रु. आठ हजार पुरस्कार जितेको छ । रिभरसाइडका अमित लामा उत्कृष्ट खेलाडी र गोलरक्षक इश्वर गुरुङ भए । उत्साहीका संगम ठकुरी उत्कृष्ट डिफेण्डरको उपाधी पाउँदा ३ गोल गरेका मनसुन युवा क्लव चुत्रेनीका आसिस केसी सर्वाधिक गोलकर्ता बने ।

Shreekrishna hardwear in news


उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेण्डर र गोलरक्षकलाई रु. दुई हजार दुई सयका दरले पुरस्कृत गरिएको थियो । सेमी फाइनलमा नवउत्साहीले कुश्मा एफसीलाई शून्यका विरुद्ध १ गोल गरेको थियो । रिभरसाइटले विक्कु फ्यामीलीलाई ट्राइव्रेकरमा पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...