नव उत्साही कपको फाइनलमा आयोजक र रिभरसाइड

Gandaki Pardesh notice

बेनी, । आयोजक नव उत्साही र रिभरसाइड युवा क्लव बेनीमा सञ्चालित चौथो नव उत्साही सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
जलजला गाउँपालिकाको वारीबेनीमा रहेको नव उत्साही क्लवको आयोजनामा पुष ६ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल आइतबार बिहान १० बजे बेनीको खुल्ला मञ्चमा हुनेछ् ।

Bhautik ministry notice about road


२५ टिम सहभागी प्रतियोगिताको सेमी फाइनलमा नवउत्साहीले कुश्मा एफसीलाई शून्यका विरुद्ध १ गोल गरेको थियो । यसैगरी रिभरसाइटले विक्कु फ्यामीलीलाई ट्राइव्रेकरमा पराजित गरेर फाइनल प्रवेश गरेको आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम र दृतीय हुने टिमले ट्रफि मेडल र प्रमाणपत्र सहित रु. ८८ हजार ८८८ र ४४ हजार ४४४ पुरस्कार पाउनेछन् । यसैगरी अनुसाषित टिमलाई रु. आठ हजार, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेण्डर र र गोलरक्षकलाई रु. दुई हजार दुई सयका दरले पुरस्कृत गरिने नव उत्साही समूह पर्वतका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...