प्रकाश माविले ७० औ वार्षिकोत्सव मनायो

Add Samajik bikash office

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले विविध कार्यक्रम गरेर शनिबार ७० औ वार्षिकोत्सव मनाएको छ ।
शुक्रबारदेखि शुरु भएको वार्षिकोत्सव र अभिभावक भेलासँगै अन्तर मावि (कक्षा १० सम्म)को विज्ञान प्रर्दशनी, पुर्व विद्यार्थी, उत्कृष्ट, शिक्षक, विद्यार्थी र अभिभावक सम्मान र प्रकाश पुञ्जको विमोचन गरिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको प्रमुख आतिथ्यतामा भएको समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार श्रेष्ठको अध्यक्षता, सहायक प्रअ बिनय श्रेष्ठको सञ्चालन र प्रअ लेखबहादुर हमालले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण श्रेष्ठ र विद्यार्थी समिर सुवेदीले स्वागत गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रदेश र स्थानीय तह निर्वाचनमा निर्वाचित पुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गण्डकी प्रदेशसभा सदस्य विमला गौचन, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिसस सदस्य जानकी विश्वकर्मा, बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा न. ६ का अध्यक्ष कृष्णसिंह बानिया, कार्यपालिका सदस्य सृजना श्रेष्ठ, कृष्णकुमार विश्वकर्मा, ७ का वडा सदस्य रमेश फगामी, ८ का सदस्य हिरा पुन, वडा नम्बर ७ का पुर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा रहनुभएको छ ।
कार्यक्रममा जिसस प्रमुख थापा, वडा अध्यक्ष रमेश श्रेष्ठ, पुर्व प्रअ हरिकृष्ण सुवेदी, नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक सभापति अमर बानिया, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
शिक्षक खगेश्वर रिजाल, अतिरिक्त क्रियाकलाप सयोजक डिलप्रसाद श्रेष्ठ, कक्षा शिक्षक नारायणप्रसाद ढुंगाना, दश जोड दुई तह संयोजक कविराम थापा, कर्मचारी भगवान रिजाल, अभिभावक भुपेन्द्र बुढाथोकी, विद्यार्थी समिर सुवेदी र समुन्द्र भण्डारी, प्रशिक्षक भलिबलका कुमार किसान, फुटबलका स्वदेश श्रेष्ठ, बास्केटबलका देव मल्ल लाई पुरस्कृत गरिएको थियो ।
विज्ञान प्रर्दशनीमा बेनी बोडिङ प्रथम, प्रकाश मावि दृतीय, बेनी सामुदायिक मावि र न्यु वेष्ट पोइन्ट आवासीय मावी तृतीय तथा फर्से धाइरिङ मावि सान्तवना भएका थिए । प्रथम, दृतीय, तृतीय र सान्तवना हुने विद्यालयलाई क्रमश रु. सात हजार, पाँच हजार, तीन÷तीन र एक हजार पाँच सय रुपैया पुरस्कार वितरण गरिएको थियो । प्रकाश मावि म्याग्दीको पुरानो मध्यको माध्यमिक विद्यालय हो । प्रकाश मावि दश जोड दुई तहमा विज्ञान विषयको अध्ययन गराउने एक मात्र विद्यालय हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...