पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको साधारणसभा

Add Samajik bikash office

बेनी, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १४ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभामा मन्तब्य व्यक्त गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले वस्तुगत संघहरुलाई साथमा लिएर उद्योग वाणिज्य संघले व्यवसाय प्रर्वद्धनमा जोड दिएको बताउनुभयो

अध्यक्ष कटुवालले यही पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सव सफल पार्न पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको तर्फबाट पनि सहयोग हुने अपेक्षा गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महासंघका गण्डकी प्रदेश अध्यक्ष लीलाराम गौतमले स्वच्छ प्रतिस्पर्धा र सहकार्य बाट सबै व्यवसायीको हित र व्यवसाय प्रर्वद्धन हुने विश्वास गर्नुभयो । महासंघका जिल्ला अध्यक्ष नवराज पौडेलको अध्यक्षता, सचिव नारायण शर्माको सञ्चालन र उपाध्यक्ष भिमप्रसाद श्रेष्ठको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सचिव शर्माले प्रगति र कोषाध्यक्ष धु्रब शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । व्यवसायीहरुले पुस्तक व्यवसायमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाका कारण व्यवसायनै पलायन हुने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा हार्डवयर्स व्यवसायी संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष तुलसीनाथ सुवेदी, सिलाई व्यवसायी संघका अध्यक्ष डम्मरबहादुर कार्कीको पनि उपस्थिति थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...