प्रकाश माविको ७० औ वार्षिकोत्सव

khali

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि विविध कार्यक्रम गरेर ७० औ वार्षिकोत्सव मनाउन थालेको छ ।
वार्षिकोत्सव र अभिभावक भेलासँगै विद्यालयले अन्तर मावि (कक्षा १० सम्म)को विज्ञान प्रर्दशनी आयोजना गरेको थियो । प्रर्दशनीमा बेनी बोडिङ प्रथम, प्रकाश मावि दृतीय, बेनी सामुदायिक मावि र न्यु वेष्ट पोइन्ट आवासीय मावी तृतीय तथा फर्से धाइरिङ मावि सान्तवना भएका छन् ।
प्रथम, दृतीय, तृतीय र सान्तवना हुने विद्यालयलाई क्रमश रु. सात हजार, पाँच हजार, तीन÷तीन र एक हजार पाँच सय रुपैया पुरस्कार जितेका छन् । शनिबार पुरस्कार वितरण हुने विद्यालयले जनाएको छ । ज्ञान प्रकाश मावि दाना, बाल मन्दिर आधारभूत विद्यालय कालीपुल, माउन्ट एभरेष्ट आवासीय मावि बेनी र लिटिल गार्डेन एकेडेमीका विद्यार्थीले पनि विज्ञान प्रर्दशनीमा भाग लिएका थिए ।

khali


कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले प्रकाश मावि म्याग्दीको ऐतिहाँसिक शैक्षिक संस्था भएको बताउनुभयो । प्रकाश मावि म्याग्दीको पुरानो मध्यको माध्यमिक विद्यालय हो ।
प्रकाश मावि दश जोड दुई तहमा विज्ञान विषयको अध्ययन गराउने एक मात्र विद्यालय हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार श्रेष्ठको अध्यक्षता र प्रअ लेखबहादुर हमालले स्वागत गर्नुभएको कार्यक्रममा सहायक प्रअ विनय श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...