दरबाङ अखाद्य वस्तु जफत गरि नष्ट

Gandaki Ghumau

दरबाङ, ६ पुष । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरबाङमा बुधबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बजार अनुगमन गरेको हो । अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

होटल, खाद्य पसल अनुगमनका क्रममा भेटिएका खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेका खाद्य उद्योगहरुलाई तत्काल अनुज्ञा पत्र लिन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले बताउनुभयो । यसैगरी विभिन्न पसलबाट करिब दश हजार रुपैयाँ मुल्य बराबरको पेयपदार्थ, वियर, विस्कृट लगायत खाद्य सामाग्रीहरु उपभोग्य अवधी समाप्त भएकोले जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

????????????????????????????????????
Shreekrishna
Gunasthariya Shiksya

१५ वटा खाद्य व्यवसाय (किराना, होटल र उद्योग) अनुगमन गरिएको छ । नमुना संकलन समेत गरिएको छ । ‘खाद्य ऐन २०२३ को दफा ४ (ख) तथा खाद्य नियमावली २०२७ को नियम २३ को उपनियम ३,४ र ५ बमोजिम खाद्य अनुज्ञा पत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ ,’ उहाँले भन्नुभयो ।

खाद्य निरिक्षक अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सहन्सा मेहता, मालिका गाउँपालिकाबाट राजेश थापा मगर, शिक्षित पराजुली, असुन रिजाल, म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईका उपाध्यक्ष खड्क छन्त्याल र सचिव अमृत सापकोटा, जिल्ला प्रशासन कार्याल म्याग्दीबाट लिलाबहादुर चोखाल, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीबाट सन्तोष ढुङ्गाना, मालिका गाउँपालिकाबाट शिक्षित पराजुली, इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी सहायक निरिक्षक बलबहादुर खड्का लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसअघि पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र तत्कालिन घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले अनुगमन गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...