रघुगंगाको तिप्ल्याङमा कुक तालिम

Add Samajik bikash office

तिप्ल्याङ। म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा मंगलबारदेखि ४५ दिने निशुल्क कुक तालिम सुरु भएको छ । ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत तालिम सञ्चालन भएको हो ।
तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता रहेको छ । तालिममा तिप्याङका २५ जना र प्रत्येक वडामा सञ्चालन भएका होमस्टेबाट दुई÷दुई जना गरि ४० जनालाई तालिम दिईने गाउँपालिले जनाएको छ ।
तालिममा सहभागीलाई काठमाडौ एसिएन हस्पीलाटी एकेडेमीका रविन घले र अविसेक दियालीले प्रशिक्षण दिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले सिपमुलक तालिम मार्फत युवाहरुलाई आर्थिक आयआर्जन संग जोड्न तालिमको आयोजना गरिएको बताउनुभयो ।
यो आर्थिक बर्ष विभिन्न कार्यक्रम अन्तरगत करिब एक हजार जनालाई सिपमुलक तालिम दिईने बताउनुभयो । ‘हामीले विशेष युवाहरु लक्षित तालिमको आयोजना गरेका छौँ,’ उहाँले भन्नुभयो ‘यसले युवाहरुले रोजगारीको अवसर पाउछन् ।’
तालिममा सहभागीलाई नेपाली, इन्डेन, चाइनिज, कन्टीडेन्टल लगायतका खानाका परिकार बनाउन सिकाईने प्रशिक्षक घलेले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रम वडा सदस्य बलमान गौचनको अध्यक्षता, सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...