हिमालय आधारभूत विद्यालयमा जेसीजको न्यानो कपडा वितरण

Add Samajik bikash office

बेनी, । म्याग्दी जेसीजले रघुगंगा गाउँपालिका–३ मा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई मंगलबार न्यानो कपडा वितरण गरेको छ ।
जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई विद्यालय पोशाकको स्विटर वितरण गरेको हो ।
म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले विद्यार्थीहरुलाई जाडो मौसममा विद्यालयमा आउँदा लगाउनका लागि विद्यार्थीहरुलाई स्विटर वितरण गर्नुभएको थियो ।
छाडो याममा बालबालिकाहरुलाई न्यानोको प्रत्याभूति दिलाउन अर्जन सपिङ सेन्टरको सहयोगमा संस्थाले बालबालिकाहरुलाई स्विटर उपलब्ध गराएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो ।
कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवालले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत रहेको अवस्थामा जाडो याममा विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएर जेसीजले रचनात्मक कार्य गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
उक्त अवसरमा बालकक्षामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान समेत गरिएको थियो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले विद्यार्थीहरुको खेल तथा कला र संस्कृति लगायतका लुकेका प्रतिभा उजागरमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।
यस अघि गत मंसिरमा म्याग्दी जेसीजले बेनी नगरपालिका– ९ घुरेपानीमा रहेको स्यालीखेत आधारभूत विद्यालयका ३६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो । म्याग्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष कुमार बानियाँको स्वागत, सुनिता बेलबासेको जेसीज आस्थापाठ र कार्यक्रम संयोजक कृष्णप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...