प्रवासीद्धारा जन्मथलोका विद्यालय र संघ संस्थालाई रु. एघार लाख बढी सहयोग

Sinchai Khanipani notice

केपी सापकोटा
बरंजा, । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ बरंजाका विद्यालय र संघ संस्थाहरुलाई प्रवासमा रहेका एक परिवारले रु. ११ लाख भन्दा बढी सहयोग गर्नुभएको छ ।

बरंजा घर भई हाल बेलायतमा बसोबास गर्नुहुने शिला थापा, मंगली थापा, छोरी प्रमिला थापा र विपना थापाले रु. ११ लाख २५ हजार ६३० सहयोग गर्नुभएको हो । उहाँहरुले सोमबार मण्डली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा थप रु. आठ लाख ७५ हजार ६३० उपलब्ध गराउनुभयो ।

बरंजाको ऐतिहाँसिक र सांस्कृतिक धुले मेला तथा पर्व सञ्चालन हुने ठाउँमा स्टेज भवन बनाउन यसअघि रु. दुई लाख पचास हजार उपलब्ध गराएका उहाँहरुले २ कोठे शौचालय बनाउन थप रु. दुई लाख पचास हजार सहयोग गर्नुभएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आरती, जनप्रति, शिवालय, जनता, दुर्गा र पखेर आधरभूत विद्यालयलाई रु. पचास हजार १०५ का दरले नगद हस्तान्तरण गर्नुभएको थियो । मण्डली आधारभूत विद्यालय खानीगाउँलाई रु. एक लाख पाँच हजार बराबरको ल्यापटप र १६ हजार नगद उपलब्ध गराउनु भएको छ । विद्यालयका प्रअहरुलाई नगद तथा सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

बरंजामा रहेका ९ वटा आमा समूहलाई रु. १०÷१० हजारका दरले ९० हजार सहयोग गर्नुभयो । खर्कको जनप्रिय आधारभूत विद्यालय, न्यू स्टार यूवा क्लव र गिरी स्मृति युवा क्लवलाई रु. १०÷१० हजार नगद र समाजसेवी आमा समूहलाई रु. २५ हजार मूल्य बराबरको भाडा उपलब्ध गराउनुभयो ।

बरंजाका ३ वटा नौमति बाजा समूहलाई रु. ३५ हजार, आलडाडा सामुदायिक वन उपभोक्ता समूहलाई दश हजार, वाखु आल्टा बिजुली समाजलाई रु. दश हजार, भजन मण्डली समूहलाई रु. दश हजार र खुरखुरे सेवा समाजलाई रु. दश हजार सहयोग गर्नुभएको छ ।

हिमाली आमा समूहका ३० जना, चिनाकोट आमा समूहका १०० र समाजसेवी आमा समूहका ७५ जना गरी २०५ जना लाई पोशाक वितरण गर्नुभएको थियो । धुले पर्व संरक्षण तथा भवन निर्माण समितिका अध्यक्ष रणबहादुर रोकाको अध्यक्षता र शिक्षक कृष्णप्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा शिला थापा, मंगली पुन, प्रमिना थापा, विपसा थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो । सहयोगदाताहरुलाई बरंजाका बासिन्दाले भब्य स्वागत र सम्मान गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...