धवलागिरी गाउँपालिकाले वडामै योजना सम्झौता गर्न थाल्यो

Gandaki Pardesh notice

मराङ। भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर सोमबारदेखि घुम्ति शिबिर सञ्चालन गरेको छ ।

मराङमा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका १८ वटा योजनाको वडा कार्यालयमा सम्झौता गरिएको वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । मंगलबार मल्कवाङको वडा कार्यालयमा घुम्ति शिविर सञ्चालन गरेर योजना सम्झौता गरिने भएको छ ।

Shreekrishna hardwear in news

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटेको अर्वाङ–थापाघडेरी मोटरबाटो निर्माण समितिका अध्यक्ष पदमबहादुर गर्बुजाले बताउनुभयो ।

“मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा दुई दिन लाग्ने गर्छ,” उहाँले भन्नुभयो “वटामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।”

Bhautik ministry notice about road

मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरीको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झञ्जटपुर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकम भन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ ।

पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालको नेतृत्वमा योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, जनक धानुकको टोली घुम्ति शिबिर लिएर मराङ पुगेको हो ।

वडाका अध्यक्ष, सचिब र जनप्रतिनिधीहरुले सहजिकरण तथा समन्वय गर्नुभएको छ । प्राबिधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पुरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरि पेश्की उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा ब्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिइएको प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । आवश्यकता र मागको आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जान सकिने प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । ठूला योजना ठेक्का प्रक्रीया अघि बढाउन र उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तिब्रता दिइएको छ ।

चालु आर्थिक बर्षमा १२० वटा पुर्बाधार सम्बन्धी योजना छनौट गरेको धवलागिरी गाउँपालिकाले ४ वटा ठेक्का सम्झौता गरेको छ । अन्य उपभोक्ता समितिसँग पनि सम्झौता गरि कार्यान्वयन थालिएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...