तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई

Gandaki Pardesh notice

तातोपानी। बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा सोमबार सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ ।

सार्वजनिक सुनुवाईमा आर्थिक वर्षको पहिलो चौमासिकका गतिविधि सर्वाजनिक गरेका नगरपालिकाका पदाधीकारी र कर्मचारीहरुले सेवा प्रवाह र विकास निर्माणका विषयमा स्थानीयबासीहरुसँग छलफल गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले नियमितका अलावा संघ र प्रदेशसँग समन्वय गरेर अतिरिक्त बजेट भित्र्याएर कार्यान्वयन गर्न, योजना कार्यान्वयनमा असारे प्रवृति र ढिलासुस्ति हटाउन, पारदर्शीता कामय गराउन, सेवा प्रवाहलाई परिणाममुखी र सेवाग्राही मैत्री बनाउन सुझाव दिएका थिए ।

Shreekrishna hardwear in news

तातोपानीको बजारका नदी नियन्त्रण, कुण्ड संरक्षण र ढल व्यवस्थापनमा सघाउन स्थानीयबासीले आग्रह गरेका छन् । नगरपालिका, शाखा र वडा कार्यालय मार्फत सञ्चालित योजना तथा कार्यक्रम र सेवा प्रवाहमा केन्द्रित भएर सुनुवाई गरिएको थियो ।

सो कार्यक्रममा नगरप्रमुख सुरत केसीले प्राकृतिक उपचार स्थल तातोपानीलाई बुहुपक्षीय लगानी भित्र्याएर थप व्यवस्थित गर्दै म्याग्दीको मुख्य पर्यटकीय गन्तब्यका साथै नगरपालिकाको प्रमुख आम्दानीको स्रोतका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

“चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम जति सक्दो छिटो कार्यान्वयन गराउन उपभोक्ता समितिसँग सम्झौता र ठेक्का प्रक्रियामा जुटेका छौ,” उहाँले भन्नुभयो “लामो प्रक्रीया पुरा गरेर योजना कार्यान्वयन गर्न धेरै चुनौति छन् ।” प्रदेश र संघका ठूला योजना भित्र्याउन राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्ने तथा नगरपालिकाको गुरुयोजना परिमार्जन गर्ने नगरप्रमुख केसीले बताउनुभयो ।

युवा महिलालाई उद्यमसँग जोड्न १, २ र ३ नम्बर वडामा आमा समूहसँग उपमेयर र जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । सार्वजनिक सम्पत्तिको संरक्षणका साथै बजार र सडक व्यवस्थापनका लागि अतिक्रमण हटाउने प्रक्रीया थालिएको नगरप्रमुख केसीले बताउनुभयो ।

Bhautik ministry notice about road

बेनपा–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले सिंगामा नगरपालिकाले करिब तिन करोड लागतमा कोल्डस्टोर बनाउन लागेको, तातोपानीको मसारमा कटान नियन्त्रणका लागि रु.५० लाखको योजना परेको र रुपातालको कार्यक्रम भित्र्याउन पहल गरेको, तल्लो तातोपानी बजारको सडक ढलान गर्न ठेक्का सम्झौता भइसकेको बताउदै डाडाखेतमा निजी धारा सहितको खानेपानी आयोजना निर्माणका लागि पहल गरिएको जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले ढिला निकासा आएको, बर्खा र चुनावका कारण पहिलो चौमासिकमा योजना तथा बजेट कार्यान्वयन न्युन भएपनि दोस्रो चौमासिकदेखि तिब्रता दिने बताउनुभयो । कुल ७३ करोड ३१ लख ५३ हजार बजेट बिनियोजन भएकोमा पहिलो चौमासिकमा १६.९६ प्रतिशत खर्च भएको बताउनुभयो ।

रु. चार करोड २३ लाख ७० हजार आन्तरिक आम्दानीको लक्ष्य राखिएकोमा चार महिनामा रु. एक करोड ५७ लाख आठ हजार ७२१ संकलन भएको जानकारी दिनुभयो । नगरस्तरीय एक वटा योजना सम्झौता भएको, ६ वटा ठेक्का सम्झौता र ४ वटा बोलपत्रको प्रक्रीयामा रहेका छन् । वडा स्तरीय १०२ वटा योजनाको उपभोक्ता समिति गठन भएकोमा ४८ वटा सम्झौता र ५ वटा सम्पन्न भएका बताउनुभयो ।

विकास निर्माणको कामलाई व्यवस्थित बनाउन वडा स्तरमै प्राविधिक कर्मचारी परिचालन गरिएको छ । न्यायिक समितिले १५ वटा मुद्दा परेकोमा ९ वटा मेलमिलाप र १ वटा निर्णय मार्फत फस्यौट गरेको छ । एक हजार ३९६ व्यक्तिगत घटना दर्ता भएका, तीन हजार ७८१ जनालाई रु. तीन करोड ९१ लख २६ हजार १२२ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
५२० जना बेरोजगार सुचिकृत भएका, प्रधानमन्त्री रोजगार कार्यक्रमका १८ वटा योजना छनौछ र ६६ लाख सशर्त अनुदान प्राप्त भएकोमा रु. पाँच लाख ५० हजार खर्च भएको छ । लघुउद्यम विकास कार्यक्रम मार्फत ८० जना नयाँ उद्यमी सिर्जना, ४० जनाको स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।

विपद्बाट भत्किएका ६७ लाभग्राहीहरु प्हिचान गरी अनुदान भुक्तानीका लागि प्रक्रीया थालिएको, २६५ जना कृषकलाई तीन हजार २५० केजी गहुँको विउ र १९ हजार ५४५ किलो निलो, एक हजार ७०० किलो सेतो र एक हजार ५० किलो रातो आलुको विउ वितरण गरिएको छ । ३९८ जना कृषकलाई हिउँदे घाँसको विउ, दुई हजार २०९ पशुको उपचार गरिएको छ ।

रावण पार्क, खुल्ला मञ्च विस्तार तथा प्याराफिट, गौस्वारा तमाने, एकिकृत जामुनाखर्क, खवरा र राउवडा खानेपानीलाई बेनी नगरपालिकाले गौरवको आयोजना मानेको छ । सो कार्यक्रममा सेरबहादुर केसी, बिरेन्द्रमान शाक्य, कुमार केसी, तुलप्रसाद श्रेष्ठ, दिपक बानिया, हरिप्रसाद पौडेल, दिपक पौडेल, मना तुलाचन, सिता घले, हिरा कुँवर, हेमबहादुर पुन, गणेशबहादुर बानिया, प्रकाश शाही, कुमार बानिया लगायतले सुझाव र प्रश्न गर्नुभएको थियो ।

नगरप्रमुख केसीका साथै प्रमुख प्रशासकीय अधिकृत ढकाल, बेनपा ५ का अध्यक्ष गोविन्द बानिया, ४ का अध्यक्ष अणबहादुर खड्का (भगवान), वडा नम्बर ६ का अध्यक्ष कृष्णसिंह बानियाले प्रश्नको जवाफ दिनुभएको थियो । अन्य वडाका अध्यक्ष, कार्यपालिका सदस्य र शाखाका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत युवराज थापा र सहजिकरण पत्रकार महासंघ म्याग्दीका सदस्य कृष्ण जिसीले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...