घारमा पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाहरुको लागि आवश्यक पर्ने पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन भएको छ ।

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीय स्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो ।

सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिनुभयो । पुष १ गतेदेखि तालिम सञ्चालन भएको थियो । २५ जनाको कोटा भएपनि लक्ष्य भन्दा बढी संख्यामा सहभागी गराइएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रम मार्फत रु. २ लाख बजेटबाट सो तालिम सञ्चालन गरिएको हो । गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सिप प्रदान गर्न तालिम आयोजना गरिएको हो ।

तालिमको सुआहारा कार्यक्रमका पोषणविज्ञ राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजिकरण गर्नुभएको छ । तालिम अनुगमनका क्रममा आइतबार घारमा पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पिठो उत्पादनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।

जंकफुडको आयात घटाउने, व्यवसायिक रुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिक रुपमा सक्षम र उद्यमशिलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलनका कार्यकारी निर्देशक बिटालुले बताउनुभयो ।

सर्वोत्तम पिठो ६ महिना उमेर पुगेका बच्चाहरुको लागि उपयुक्त पौष्टिक आहरा मानिन्छ । स्थानीय स्तरमा ज्ञान सिप नहुँदा बच्चाहरुले मन पराउने सर्वोत्तम पिठो बजारबाट खरिद गर्दै आएका छन् । सिप भएपछि घरमै उपलब्ध कृषि उपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने स्थानीय महिलाहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...