क्षत्री महिला समाज म्याग्दीको नयाँ नेतृत्व चयन

Gandaki Ghumau

बेनी, । क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको प्रथम उपाध्यक्षमा शर्मिला थापा, द्वितीय उपाध्यक्षमा पुष्पा खड्का, कोषाध्यक्षमा कल्पना खड्का, सह–सचिवमा शोभा खड्का र सह–कोषाध्यक्षमा आशा बानियाँ खड्का रहेको कार्यसमिति सर्वसम्मत चयन गरिएको संस्थापक अध्यक्ष लक्ष्मीकुमारी केसीले जानकारी दिनुभएको छ ।

Gunasthariya Shiksya
Shreekrishna

क्षेत्री महिला समाज म्याग्दीको अध्यक्ष कमला जिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको थियो । छैठौं बार्षिक साधारणसा एवम् तेस्रो अधिवेशनमा गण्डकी प्रदेश सभा सदस्य भण्डारी, क्षेत्री समाज नेपालको केन्दिय्र सदस्य अमृतदेवी भण्डारी क्षेत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, क्षेत्री समाजका पुर्व अध्यक्ष लगायतले मन्तव्य राख्नुभएको थियो ।

साधारणसमाभा सचिव पुष्पा थापाको संचालन तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष कल्पना खत्रीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सञ्जु बरुवालले राख्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...