पौडेलको तेस्रो कृति “अधुरो जिवन” विमोचन

Add Samajik bikash office

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–४ निवासी साहित्यकार केदारनाथ पौडेलको खण्डकाब्य “अधुरो जिवन” को शनिवार मल्लाजमा विमोचन गरिएको छ ।
सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी रहनुभएका पौडेलको अधुरो जिवन तेस्रो कृति हो । पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख कुशुमाकर न्यौपाने र जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले खण्डकाव्यको विमोचन गर्नुभयो ।
कृतिको प्रकाशक संस्था मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानको आयोजनामा विमोचन कार्यक्रम सम्पन्न भएको थियो । पौडेलले यसअघि वि.स. २०७८ मा कविता संग्रह मल्लाज र २०७७ मा हम्पाल कविता संग्रह प्रकाशन गर्नुभएको थियो ।

Bhautik ministry notice about road


अधुरो जिवन खण्ड काब्यमा तीन दशक अघिको ग्रामिण जनजिवन र सत्य कथामा आधारित विषयवस्तु समेटिएको छ । सो कार्यक्रममा प्रध्यापक न्यौपानेले अधुरो जिवन खण्ड काब्य ऐतिहाँसिक र यथार्थपरक रहेको बताउनुभयो ।
कृति जिवन उपयोगी र शिक्षाप्रर्दक भएको जलजला गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो । सो कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गर्नुभएको थियो । साहित्यकार रामप्रसाद सुवेदीले कृतिको समिक्षा गर्नुभएको थियो ।

Shreekrishna hardwear in news


साहित्यकारहरु झलक शर्मा, शुन्दर जोशी, केशव शर्मा, शसीधर सापकोटा, मुकुन्द पौडेल र जिवन मल्लले रचना वाचनका साथै कृतिका वारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, सचिव गोपाल प्रसाद आचार्यको सञ्चालन र सहसचिव मनोहर पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा ऋषि प्रपन्नाचार्य र लेखक पौडेलकी छोरी कल्पना पौडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...