ओमकुमारी शान्ति कोष मार्फत विपन्न म्याग्देलीको उपचारका लागि रु. दुई करोड सहयोग

Add Samajik bikash office

बेनी, म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिव विपन्नको उपचारका लागि रु. दुई करोड भन्दा बढी सहयोग गरेको छ ।

हाइपोपलास्टिक एनिमियाबाट दिवंगत भएकी बेनपा ४ की स्वर्गीय ओमकुमारी पुन (शान्ति)को उपचारका लागि संकलन भएर बचत भएको रु. १३ लाख ९७८ हजार ४१बाट शुरु भएको कोषमा हाल रु. १ करोड २१ लाख १५ हजार १२४ बचत रहेको छ ।

वि.स. २०७१ मा स्थापना भएको संस्थाको शनिबार बेनीमा भएको चौथो साधारणसभा तथा अधिवेशनमा निवर्तमान अध्यक्ष राजेश शाक्यले कोषको ब्याज र विभिन्न अभियान मार्फत २७९ जनालाई रु. दुई करोड पाँच लाख ६१ ह्जार ५३३ सहयोग उपलब्ध गराइएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“आर्थिक अवस्था कमजोर भएका म्याग्देलीलाई अस्पतालसम्म पुग्न र औषधी उपचारका लागि सघाउन स्थापना भएको कोषमा सहयोग गर्ने ८८० जना आजीवन, ९ वटा संस्थागत र ४१ जना संरक्षक सदस्य हुनुहुन्छ,” उहाँले भन्नुभयो “कोषको ब्याज र अभियान सञ्चालन गरेर बिरामीलाई सहयोग गर्दै आएका छौ ।”

Bhautik ministry notice about road

वि.स. २०७६ भदौ २५ गते चयन भएको पछिल्लो कार्यसमितिले तीन वर्षको अवधिमा १५० जना बिरामीलाई कोषको ब्याजबाट रु. २० लाख, २३ हजार ७५५ र अभियान मार्फत रु. चार लाख ८० हजार ६५८ सहयोग गरेको गरेको छ ।

यसैगरी अभियान सञ्चालन गरेर बेनी नगरपालिका ५ की निशा सुवेदीलाई मृगौला प्रत्यारोपनका लागि रु. तीन लाख, धवलागिरी–७ का स्व. खड्कबहादुर थापालाई रु. दुई लाख ८० हजार ७५०, मंगला–२ की नरमत पुर्जालाई रु. चार लाख ३९ हजार ६०० र बेनपा–२ खबराका धनबहादुर पाठकलाई रु. एक लाख ४४ हजार ७७८ उपलब्ध गराएको छ ।

वि.स. २०७७ को म्याग्दीका पहिरो पिडितहरुका लागि अभियान मार्फत रु. दश लाख ९४ हजार ७१७ र संस्थाबाट रु. दश लाख खर्च गरेर तीन वटा आवास निर्माण गरेको दृतीय उपाध्यक्ष लोकबहादुर पुन (लोकेश)ले बताउनुभयो । २०७९ वैशाख १६ र १७ गते बेनीमा सञ्चालन गरेको निशूल्क मुटु शिविरबाट एक हजार पाँच सय जनाको स्वास्थ्य परिक्षण र ४९ जनालाई काठमाडौमा थप उपचारको व्यवस्था मिलाइएको थियो ।

अधिवेशनको उद्घाटन गर्नुहुदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजा, प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र हरि बहादुर भण्डारीले नागरिकको आधारभूत स्वास्थ्य उपचारको अधिकारको राज्यको नीतिलाई सघाउन संस्थाले खेलेको भूमिका प्रशसनीय भएको बताउनुभयो । म्याग्देलीहरुको परोपकारी, सहयोगी भावना र एकतालाई ओमकुमारी शान्ति कोषले विश्वभर चिनाएको उहाँहरुको भनाई थियो ।
कोषको सहयोगमा मृगौला प्रत्यारोपण गरेकी निशा सुवेदीले आर्थिक अभावमा परेका विपन्न म्याग्देलीको उपचारका संस्थाले अगुवाई गरेर अभियान सञ्चालन गर्दा पारदर्शी भएको र दाताले विश्वास गरेर सहयोग गरेका बताउनुभयो ।

संस्थाका नवनिर्वाचित अध्यक्ष हरिकृष्ण गौतमले स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर कोषमा रु. दुई करोड ५० लाख पु¥याउने, विपन्नलाई अस्पताल पुग्नका लागि यातायात खर्च, औषधी खरिदका साथै स्वास्थ्य विमामा विपन्नको पहुँच बढाउने र नसर्ने रोगको समस्या न्युनीकरणका कार्यक्रम चलाउने बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...