मजदुर ठगिने क्रम बढेकोमा मालिका गाउँपालिका अध्यक्ष गर्बुजाको चिन्ता 

Gandaki Ghumau

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानव अधिकारको प्रत्याभूत हुनका लागि आम नागरिक सचेत हुनु पर्ने बताउनु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले म्याग्दीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समिक्षा कार्यक्रममा बोल्दै अध्यक्षले नागरिकले चेतनाको विकास गरेर अधिकार र कर्तव्यका बारेमा जानकार हुनु पर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय निर्माण क्षेत्रका मजदुरहरुले पारिश्रमिक नपाउने समस्या बढ्न थालेको गुनासो आउन थालेको तर्फ सबै सचेत हुन पर्ने अध्यक्ष गर्बुजाले बताउनुभयो । उहाँले निर्माण मजदुरले समयमै पारिश्रमिक नपाउँदा उसको घर परिवारमा सम्म असर पर्ने भएकाले त्यसले गर्दा मानिसको बाँच्न तथा खान पाउने अधिकार हनन हुने बताउनुभएको छ ।

हालै सकिएको निर्वाचनमा मताधिकार प्रयोग गर्ने सन्दर्भमा पनि नागरिकमा चेतनाको कमि देखिएकाले आगामी निर्वाचनहरुमा त्यस तर्फ निर्वाचन आयोगले ध्यान पु¥याउन पर्ने उहाँको भनाई थियो ।

Shreekrishna

इलाका प्रहरी कार्यालय दरवाङका असइ रमेश कार्कीले नागरिकको अधिकारको संरक्षणका लागि राज्यले निर्धारण गरेको जिम्मेवारी निर्वाह गर्न प्रहरी तत्पर रहेको बताउनुभयो । उहाँले प्रहरीले आफ्नोमा आएको जानकारी र अन्य अनुसन्धानबाट खुलेका चिजमा पनि नागरिकको सुरक्षा र कानुन कार्यान्वयनको पाटोमो कटिबद्ध रहेको बताउनुभयो ।

Gunasthariya Shiksya

मालिका गाउँपालिका–१ का अध्यक्ष टंकप्रसाद पुनले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या हुने खालका अभिव्यक्ति सार्वजनिक हुँदा महिलाको परिवार धरापमा पर्ने बताउनुभयो । उहाँले पुरुष बैदेशीक रोजगारीमा गएको अवस्थामा घरमा बसेका उनीहरुका श्रीमतीलाई परपुरुष सँग सम्बन्ध रहेको भन्ने आरोप सम्म सामाजिक सञ्जालमा लगाइदा उनीहरुको परिवार नै सखाप हुने सम्मका घटना ग्रामिण भेकमा हुने गरेको र त्यो दुःखद रहेको बताउनुभयो ।

मानवअधिकार संगठन म्याग्दीका सभापति कोमलप्रसाद उपाध्यायले नागरिकहरुले गत निर्वाचनमा मताधिकार प्रयोग गर्ने क्रममा राजनैतिक दलकै कारणले गर्दा त्रुटी भएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । घोषित रुपमा नभै राजनैतिक दलहरुले मत प्रभाव पार्नका लागि आर्थिक चलखेल गरेको तर्फ उहाँले सचेत गराउनु भएको थियो ।

म्याग्दी उद्योग बाणिज्य संघ दरवाङका सचिव अमृत सापकोटाले बालबिबाहको समस्या ग्रामिण भेकमा हुन सक्ने तर्फ सचेत रहन आग्रह गर्नु भएको थियो । सापकोटाले बालबिबाह भएको भए पनि समाजमै लुकाएर राख्ने गरेको हुन सक्ने बताउनुभयो ।

जनप्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नगेन्द्रबहादुर खत्रीले विद्यालय स्तरमै बालबिबाह र यसका कानुनी व्यवस्थाका बारेमा सचेत गराएको खण्डमा समस्या समाधान तर्फ समाज जान सक्ने बताउनुभयो । उहाँले बालबिबाह ग्रामिण भेकमा हुन सक्छ तर विद्यालय स्तरमै विद्यार्थीहरुलाई बालबिबाह गरिनु कानुनी रुपमा अबैध भन्ने जानकारी गराएको खण्डमा त्यो रोकिन सक्ने बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधिले सन २०२२ मा इन्सेकले अभिलेख गरेका २९ वटा घटनाका बारेमा जानकारी गराउनु भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...