म्याग्दीमा पोलिटिकल साइन्स सोसाइटी

khali

बेनी, । म्याग्दीमा पोलिटिकल साइन्स नेपाल (पोस्सान)को जिल्ला शाखा तदर्थ समिति गठन भएको छ ।
शुक्रबार बेनीमा भएको भेलाले हरिप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा तुल्सी पुर्जा, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा साधना हमाल चयन हुनुभएको छ । सदस्यहरुमा आशिक भण्डारी, विशाल विक, सुस्मिता बानियाँ, सन्दिप खत्री, सन्दिप वरुवाल, गणेश वानिया चयन हुनुभएको रहेको पोस्सानको केन्द्रिय सदस्य सपना मल्लले जानकारी दिनुभयो ।
पोस्सोनको अध्यक्ष सुब्वा ढुङ्गाना ‘सुवास’को अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिका मेयर सुरज केसीले राजनीतिमा अरुलाई नराम्रो भनेर राजनीतिकर्मी बन्ने चलन बढेको बताउनुभयो ।

khali


‘विरोधको रााजनीतिक सुधार गरेर सकारात्मक राजनीतिको विकास गर्नुपर्छ,’– केसीले भन्नुभयो ‘राजनीति शिक्षा बढाउदै जनप्रतिनिधिले गनुपर्ने कामहरुको पहिचान गनुपर्छ ।’ केसीले बेनीको मेयरलाई काठमाण्डौको मेयरसंग प्रतिस्पर्धी नबनाउन आग्रह गर्नुभयो । काठमाण्डौ र बेनीको आयस्रोत फरक छ । आम्दानीको स्रोत कम हुदाँ जनताको चाहनाअनुसार काम गर्न गाहे हुने बताउनुभयो ।
पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्रध्यापक डा. गिरधारी दाहालले छलफल पत्र प्रस्तुत गर्दै समयअनुसार जनताको चाहना राजनीति दल र जप्रतिनिधिले बुझ्नुपर्ने बताउनुभयो । जनप्रतिनिधिले जनताको इच्छा चाहन पुरा गर्न स्थानीय स्रोत साधनलाई प्रयोग गरेर आम्दानीको स्रोत बढाउने, रोजगारी सिर्जना लगायतमा प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

Shreekrishna hardwear in news


धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक दिल्लीराम गौतमले राज्यको नीतिमा जनप्रतिनिधि प्रष्ट भएमा काम गर्न सजिलो हुने बताउनुभयो । जनप्रतिनिधिको भूमिकामा सकारात्मक सोच र धारण भएको ब्यक्ति आएपछि समृद्ध समाज बनाउन सहज हुने धारणा ब्यक्त गर्नुभयो ।
क्याम्पसका प्रध्यापक बरिष्ठ अधिवक्ता माधवप्रसाद बास्तोला, सहप्रध्यापक भिमनाथ पराजुली, अधिबक्ता चिरञ्जीवि शर्मा लगायतले राजनीति मूल्य मान्यता थाहा नभएको ब्यक्ति कुर्चिमा पुग्दा जनताको चाहनाअनुसार काम हुन नसकेको धारणा राख्नुभयो । राजनीति संस्कार बुझेको ब्यक्ति नेतृत्वमा पुगेमा जनताको चाहना काम हुने मन्तव्य उहाँहरुको राख्नुभएको थियो । अन्तरक्रियामा उपस्थितले राजनीतिलाई सफा राख्न आन्तरिक लोकतन्त्र सुधारनुपर्ने सुझाव दिनुभएको थियो ।
पोखरा पृथ्वीनारायण क्याम्पसमा राजनीति शास्त्र विभागमा अध्यापन गराउने प्रध्यापक र अध्ययन गर्ने विद्यार्थीहरुले राजनीतिप्रतिको सोचाईलाई फराकिलो बनाउने उद्देश्यले जनप्रतिनिधि र बौद्धिक बर्गको उपस्थितमा अन्तरक्रिया तथा छलफल गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...