ताकम मा.वि.को ६८ औ वार्षिकोत्सव शुरु

Add Samajik bikash office

गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविको ६८ औ वार्षिकोत्सव शुक्रबारदेखि शुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्सवको धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले उद्घाटन गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज शर्मा, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरुको आतिथ्यता रहेको थियो ।

Bhautik ministry notice about road


रुपक सुवेदीको सञ्चालनमा शुरु भएको कार्यक्रममा प्रअ ओमकार पौडेलले विद्यालयका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो । वार्षिकोत्सवको अवसरमा सो डान्स, पालिका स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ र भलिबल खेल सञ्चालन गरिने भएको छ । ताकम माविले प्राविधिक धारतर्फ ९ देखि १२ कक्षा सम्म इलेक्ट्रिकल इञ्जिनियरीङ विषयको पठनपाठन सञ्चालन गरेको छ ।

Shreekrishna hardwear in news
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...