सिम–सातविसे झोलुङ्गे पुल निर्माण

Gandaki Pardesh notice

सिम, । म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातविसे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ ।

पूर्वाधार विकास कार्यालयले म्याग्दी नदीमाथी सिम र सातविसे जोड्ने ११० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । सिमका बासिन्दा धु्रब खत्रीले पुल बनेपछि सिम र सातविसेका वासिन्दालाई ४५ मिनेटको बाटो छोटिएको बताउनुभयो ।

“तोराखेतको घुमाउरो बाटो प्रयोग गर्दा ४५ मिनेट लाग्दथ्यो,” उहाँले भन्नुभयो “आवत जावतमा सहजताका साथै ३० मिनेटको बाटो छोटिएको छ ।” बेनी–दरवाङ सडक देखि झोलुङ्गे पुलसम्म पुग्ने पहुँच मार्ग, पुलको जिप र टावर राख्ने ठाउँका लागि केसीले करिव दुई रोपनी जग्गा उपलब्ध गराउनु भएको छ ।

Shreekrishna hardwear in news

पुलबाट सिम, सातविसे, बरंजा, कोत्रवाङका करिब ३०० घरधुरी लाभान्वित भएका छन् । झाँक्रेपानी र टोड्के भ्रमणमा जाने आउने पर्यटकहरुलाई पनि यो पुलले सहयोग पुगेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार रु. ३७ लाख ३४ हजारको लागतमा निर्माण भएको यो पुल ससपेन्सन (एन टाइप)को हो ।

Bhautik ministry notice about road

पूर्वाधार विकास कार्यालयले म्याग्दीमा एन टाइपको पहिलो पुल बनाएको हो । पुलको दुवैतर्फ टावर ठडाएर त्यसैमा लठ्ठा झुण्डाएर स्टिल डेग बनाइएको छ । कुल ५७ लाख ६८ हजार लागत अनुमान गरिएको पुल निर्माणका लागि जुम्ली निर्माण सेवाले २०७८ फागुन २ गते ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदारले निर्धारित सम्झौता अवधिमै पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । गत असोज ३० गतेसम्मको सम्झौताको म्याद थियो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नम्बर ५ को पाउद्धार तातोपानी कुण्ड जोड्न पुल बनाउनका लागि ठेक्का लगाएर, लठ्ठा, स्टिल डेग खरिद गरिएको थियो ।

पुलको जिप रहने ठाउँमा निर्माणाधिन बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने र डिपिआर अनुसार भूगोल नमिलेपछि अलपत्र परेको थियो । भुरुङ्ग–पाउद्धार तातोपानी जोड्ने पुल असफल भएपछि सो योजना सिम–सातविसेमा स्थानान्तरण गरिएको हो ।

भुरुङ्ग–पाउद्धार तातोपानी जोड्ने पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारेर नयाँ ठेक्का आव्हानको तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...