मुक्तिनाथ सहकारीले स्थापना दिवस मनायो

Add Samajik bikash office

बेनी, । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले बिहिबार १५ औ स्थापना र १३ औ हिरा स्मृति दिवस मनाएको छ ।

बेनी नगरपालिका–९ घतानमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । ५ जना विपन्न परिवारलाई प्रति परिवार रु. तीन हजार मूल्य बराबरको चामल, दाल, नुन र तेल उपलब्ध गराइएको छ ।

Bhautik ministry notice about road

यसैगरी राष्ट्रिय माविका ६ र गलेश्वर माविका ५ जनालाई प्रति विद्यार्थी रु. दुई हजार पाँच सय बराबरको लत्ताकपडा र शैक्षिक सामग्री उपलब्ध गराइएको सहकारीले जनाएको छ । संस्थापना दिवसका अवसरमा सहकारीको संस्थापक स्वर्गीय हिराबहादुर केसीको स्मरण गरिएको थियो ।

Shreekrishna hardwear in news

सहकारीका अध्यक्ष लीलाराम गौतमको अध्यक्षता, सचिव कृष्णप्रसाद बरुवालको सञ्चालन र उपाध्यक्ष डण्डपाणी सापकोटाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थापक स्वर्गीय हिराबहादुर केसीकी श्रीमति देवी केसी, घतान सेवा केन्द्रका संयोजक बेलबहादुर चोखाल र राष्ट्रिय माविका प्रअ तारादेवी चोखालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

एक हजार ५८८ जनाको आठ करोड सेयर पुँजि रहेको सहकारीले हालसम्म रु. ५८ करोड लगानी गरेको छ । बेनीमा मुख्य, घतान र रघुगंगाको मौवाफाँटमा सेवा केन्द्र रहेको सहकारीमा १६ जना कर्मचारी छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...