बसबाट खसेर विद्यार्थीको मृत्यु

Add Samajik bikash office

जोमसोम, । गुडीरहेको बसबाट खसेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार एक जना विद्यार्थीको मृत्यु भएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको ग १ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का १९ वर्षीय मेखबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Bhautik ministry notice about road

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपी कृष्ण सुवेदीले घटनास्थलबाट जोमसोम स्थित जिल्ला अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका बताउनुभयो । बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका परियारलाई उद्दार गरेर अस्पतालमा पु¥याउँदा मृत्यु भएको थियो ।

Shreekrishna hardwear in news

२६ जना विद्यार्थी, ९ जना शिक्षक÷शिक्षिका शैक्षिक भ्रमणका लागि मुस्ताङ गएका हुन् । बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...