मुनामा व्यवसाय दर्ता शिविर

Add Samajik bikash office

मुना। म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा मंगलबार व्यवसाय दर्ता शिविर सम्पन्न भएको छ ।
धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई दिन सञ्चालन गरेको शिविरमा १५ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन् ।
उद्योगतर्फ कृषि र होटल गरि ५ वटा तथा वाणिज्यतर्फ किराना पसल र फेन्सी गरि १० वटा फर्महरु दर्ता भएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुंगानाले जानकारी दिनुभयो । कार्यालय प्रमुख पोषनाथ शर्मा, कम्प्युटर सहायक ढुंगाना र सहयोगी कर्मचारी भिमकुमारी छन्त्याल लगायतको टोलीले शिविरमा व्यवसाय दर्ता सेवा प्रदान गर्नुभएको थियो ।
कार्यालयको बार्षिक स्विकृत कार्यक्रम अन्तरगत धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा पहिलो पटक शिविर मार्फत व्यवसाय दर्ताको सेवा प्रवाह गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
‘‘राज्यको करको प्रणालीमा आबद्ध नभैकन व्यापार व्यवसाय गरेकाहरुलाई दायराभित्र ल्याउनु नै शिविरको प्रमुख उदेश्य हो, अर्कोतर्फ राज्यको आधिकारीक निकायमा दर्ता नभैकन व्यापार व्यवसाय गरिरहनुपर्ने बाध्यता पनि हटाउन शिविरले भूमिका खेलेको छ’’–उहाँले भन्नुभयो ।
शिविरले स्थानीय स्तरमा सञ्चालित साना पसल र फर्महरुलाई सदरमुकाम पुगेर दर्ता गर्नुपर्ने झण्झट हटेको र समय र खर्चको समेत बचत गराएको म्याग्दी उद्योग बाणिज्य संघ, धवलागिरि इकाईका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...