लिटिल गार्डेनमा हाँजिरी जवाफ प्रतियोगिता

Add Samajik bikash office

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

१३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा आयोजक लिटिल गार्डेन प्रथम, बेनी सामुदायिक मावि दृतीय र बेनी बोडिङ तृतीय भएका छन् । लिटिल गार्डेन एकेडेमीको १९ औ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रथम, दृतीय र तृतीयलाई क्रमश ः रु. सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शिक्षक प्रेम जिसी, शिशिर सुवेदीको सञ्चालन, प्रिन्सीपल दिपक सुवेदीको अध्यक्षता र शिक्षक नगेन्द्र गौतमको स्वागत मन्तब्यमा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बालकृष्ण सुवेदीको विशेष उपस्थिति थियो । सहभागी विद्यार्थी र विद्यालयलाई पनि सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।

वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले आइतबारदेखि विभिन्न कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाउन थालेको थियो । स्थापना दिवसको अवसरमा विद्यालयका विद्यार्थी र अभिभावकहरुबीच खेलकुद लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...