पूर्णगाउँको महायज्ञमा रु. ३५ लाख संकलन

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा महायज्ञ मार्फत सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न रु. ३५ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले मंसिर १५ देखि २२ गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचारप्रसार संयोजक खगेन्द्र खत्रीले रु ३५ लाख ९० हजार ६००सहयोग घोषणा भएकोमा रु. ३१ लाख नगद संकलन भएको जानकारी दिनुभयो ।

यसैगरी ४४ मुरी धान र ६ मुरी जौ संकलन भएको छ । महायज्ञमा संकलित मध्यबाट आयोजकले सोमबार बेनी नगरपालिका–९ गलेश्वरको जेष्ठ नागरिक आश्रम र बेनीको म्याग्दी बालगृहलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले जेष्ठ नागरिक आश्रमलाई रु. दुई हजार पाँच सय नगद, एक÷एक बोरा धान, चामल, जौ र नुन हस्तान्तरण गर्नुभयो । यसैगरी नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहका बालबालिकाहरुलाई ५० थान कपी, १० प्याकेट कलम र एक बोरा चामल हस्तान्तरण गर्नुभएको थियो ।

सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा देवराज सुवेदीले कथावाचन गर्नुभएको थियो ।

महायज्ञका कार्यालय सचिब निलकण्ठ सुवेदीले यज्ञबाट संकलन भएको ३० प्रतिशत रकम शिवालय मन्दीर सञ्चालनको लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य इकाई स्थापनार्थ परिचालन गरिने जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम पुग्न घण्टौको यात्रा गर्नुपर्ने र गाउँमा आधारभुत स्वास्थ्य उपचारको पहुँच नहुँदा पूर्णगाउँबासीले सास्ती व्यहोर्दै आएका छन् । अहिले यहाँका स्थानीयबासीले प्राथमिक स्वास्थ्य सेवा लिनका लागि पनि एक घण्टा बढीको पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...