मंगलाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाटी, आँखा, मुख स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि आयोजित नाक, कान, घाटी, आँखा, मुख स्वास्थय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार बाबियाचौरमा सम्पन्न भएको छ ।

गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत १४ जना स्वास्थ्यकर्मीहरु सहभागी तालिमको बेनी अस्पतालका डाक्टर रामु सापकोटा र स्वास्थ्य कार्यालय म्याग्दीका स्वास्थ्य निरिक्षक गणेश सुवेदीले सहजिकरण गर्नुभएको थियो ।

नाक, कान, घाँटी, आँखा र मुख सम्बन्धी स्वास्थ्य समस्याको पहिचान, प्राथमिक उपचार, अस्पतालमा सम्प्रेणण र न्युनीकरणका उपायका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रम समापन गर्नुहुदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर खत्रीले स्वास्थ्यकर्मीहरुका ध्यान बिरामीको उपचार र स्वास्थ्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

स्वास्थ्यकर्मीहरुको क्षमता विकासका साथै स्वास्थ्य संस्थामा उपकरण र भौतिक वातावरणको व्यवस्थापनमा गाउँपालिकाले जोड दिएको प्रशासकीय अधिकृत खत्रीको भनाई थियो ।

Bhautik ministry notice about road

डाक्टर सापकोटाले गाउँकै स्वास्थ्य समस्या पहिचान, उपचार गर्न सकेमा सामान्य अवस्थाका बिरामी अस्पताल पुग्नुपर्ने र ढिलागरी अस्पताल पुग्ने अवस्था कम हुने विश्वास गर्नुभयो ।

म्याग्दीमा अन्तिम अवस्थामा चलाउनुपर्ने एन्टिबायोटिक पहिलो चरणमै प्रयोग गर्ने समस्याका कारण स्वास्थ्य क्षेत्रमा समस्या देखिएकाले यसप्रति स्वास्थ्यकर्मीहरु संवेदनशिल हुनुपर्ने डाक्टर सापकोटाको भनाई थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले सञ्चालन गर्नुभएको तालिम समापन कार्यक्रममा मन्तब्य व्यक्त गर्ने स्वास्थ्यकर्मीहरुले सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...