म्याग्दीमा गठबन्धन सफल र इमान्दार भएको काँग्रेसको ठहर
समानुपातिक मत घटेकोमा समिक्षा

Sinchai Khanipani notice

बेनी, । नेपाली कांग्रेस म्याग्दीले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा भएको पाँच दलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।
बेनीमा सोमबार भएको आठौ पूर्ण बैठकले चुनावमा गठबन्धनका उमेद्वारले जित्नुमा गठबन्धन इमान्दारीताका साथै कार्यान्वयन भएपनि २०७४ को तुलनामा समानुपातिक मत घटेकोमा गम्भिर समिक्षा गरेको छ ।
मंसिर ४ गते भएको चुनावमा म्याग्दीमा प्रतिनिधिसभामा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, प्रदेशसभा (क)मा माओवादी केन्द्रका हरि भण्डारी र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली विजयी हुनुभएको थियो ।
बैठकमा सहभागी नेताहरुले विजयी उम्मेद्वारहरुलाई बधाई, मतदाता र गठबन्धनका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै संगठन निर्माण, गठबन्धनको सहकार्यलाई निरन्तरता, समव्यव, रचनात्मक र सिर्जनशिल काम गरेर पार्टी र नेतृत्वलाई जनतासमक्ष स्थापित गराउनुपर्ने बताएका थिए ।

????????????????????????????????????


निर्वाचित सांसदहरुलाई तल्लो तहका नागरिकको आवश्यकता, समस्या सम्बोधन गर्ने जनमैत्री कानुन र विकास निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेताहरुले सुझाएका थिए । २०७४ को तुलनामा कांग्रेसको समानुपातिक मत घटेको बताउँदै गम्भिर समिक्षा गरेर संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिए । आगामी चुनावमा संगठनलाई थप बलियो बनाउनुपर्ने बताए ।
कांग्रेस गण्डकी प्रदेश सदस्य अनोद श्रेष्ठ, संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ, पुर्वसहसभापति नेत्रबहादुर महत, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी, निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी, निवर्तमान सचिव क्याप्टेन मिनबहादुर कार्की, कोषाध्यक्ष अमृतमान शेरचन, महाधिवेशन प्रतिनिधि तथा वरिष्ठ अधिवत्ता चिरञ्जिवी शर्मा, कांग्रेस प्रदेश सभा (क)का उपसभापति सुजन बरुवाल, (ख)का उपसभापति गोपाल भट्टचन, बेनी नगरपालिकाका कार्यवाहक सभापति हरिप्रसाद पौडेल, रघुगंगा गाउँपालिका सभापति मनकुमार शेरपुजा, मालिका गाउँपालिका सभापति खिमबहादुर पुन र अन्नपुर्ण सभापति कृष्णप्रसाद बरुवाल लगायतले म्याग्दीमा गठन्धन सफल भएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


जनताले सांसदबाट धेरै अपेक्षा गरेका बताउँदै समग्र जिल्लाको विकास, नागरिकको आवश्यकता र समस्या समाधान गर्ने खालका कानुन निर्माणमा सकरात्मक पहल र अग्रसर भएर भुमिका निभाउन आग्रह गर्नुभयो । यसैगरी जिल्लामा सुस्त गति र अलपत्र अवस्थामा रहेका निर्माणाधिन विकास आयोजनाहरुलाई गति दिन पहल थाल्न समेत आग्रह गर्नुभयो ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सांसद गर्बुजाले मतदाता, कार्यकर्ता तथा नेताहरुलाई धन्यवाद व्यक्त गर्दै पाँच बर्षे कार्यकालमा जिल्लाको विकास, जिल्लाबासीको आवश्यकता र जनमैत्री कानुन निर्माणका लागि आफुले संसदमा आवाज उठाउने र पहल गर्ने उद्घोष गर्नुभयो ।

????????????????????????????????????


‘गठबन्धन, पार्टी र मतदाताको अपेक्षा र विश्वासलाई पुरा गर्न प्रदेश र केन्द्रमा हस्तक्षेपकारी भुमिका निभाउने प्रतिबद्ध छु ,’ उहाँले भन्नुभयो, ‘जिल्लामा निर्माणाधिन विकासका आयोजनाहरु सुस्त र अलपत्र अवस्थामा छन् । तिनको समस्या समाधानका लागि प्राविधिक कठिनाईको बारेमा अध्ययन र सबैसंग छलफल गर्दैछु ।’
उहाँले २०७४को निर्वाचनको तुलानामा अहिले कांग्रेसको समानुपातिक मत घटेको बताउँदै संगठन निर्माणमा जुट्न समेत सबैलाई आग्रह गर्नुभयो । बैठकको सञ्चालन सचिव हिराबहादुर पुन र सहसचिव श्रीराम पौड्यालले गर्नुभएको थियो । बैठकमा कांग्रेस घार वडा सभापति कृष्ण बरुवालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । निर्माण व्यवसायी समेत रहनुभएका वडा सभापति बरुवालको गत हप्ता म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...