म्याग्दीकी विमला गौचन प्रदेशसभा सदस्य चयन

Gandaki Pardesh notice

बेनी । म्याग्दीकी विमला गौचन समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्यमा यसअघि प्रत्यक्ष निर्वाचन मार्फत ३६ जना निर्वाचित हुनुभएको थियो । चार वटा दलले समानुपातिकतर्फका २४ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेका छन् । गौचन नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको हो ।

ग्ण्डकीमा एमालेका १०, कांग्रेसका ९, माओवादी केन्द्रका ३ र राप्रपाका २ जना समानुपातिक सांसद छनौट भएका छन् । एमालेबाट खस आर्य महिलामा यशोदा रिमाल र देवका पहारी त्रिपाठी तथा पुरुषमा कृष्णप्रसाद पाठक र प्रकाश केसी चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

आदिवासी जनजातिबाट महिलामा बिना थापा, निर्मला थापा र राजकुमारी भुजेल तथा पुरुषमा लिलाबहादुर थापा छन् । दलिततर्फ महिलामा नन्दकला दमाई र पुरुषबाट गोविन्दबहादुर नेपाली समानुपातिकबाट सांसद बनेका छन् ।

Bhautik ministry notice about road

कांग्रेसबाट ९ जना सबै महिला छन् । खस आर्यमा सरस्वती अर्याल, चम्पादेवी खड्का र कल्पना तिवारी, आदिवासी जनजातिमा विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ, दलितमा टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद छानिएका छन् ।

माओवादी केन्द्रबाट कुशुम बुढा, सुशीला सिंखडा र दमयन्ती रुचाल सांसद बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका छन् । गण्डकीका ११ मध्ये मनाङ, मुस्ताङ र तनहुँबाट कुनै पनि समानुपातिक सांसद छैनन् ।

सबैभन्दा बढी बागलुङले ७ जना, कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १÷१ सांसद बनेका छन् । प्रदेशसभा सदस्यमा म्याग्दीबाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका रेशम बहादुर जुग्जाली र हरि बहादुर भण्डारी निर्वाचित हुनुभएको थियो ।

गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा प्रत्यक्ष र समानुपातिक गरी २१ जना महिला र ३९ जना पुरुष सांसद हुने छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...