लिटिल गार्डेनको बाल क्लव र जुरेसद्धारा वौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग

Gandaki Ghumau

बेनी, । बेनीका लिटिल गार्डेन एकेडेमीले आइतबार देखि १९ औ वार्षिकोत्सव मनाउन शुरु गरेको छ ।

वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा आइतबार बेनी नगरपालिका–५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको वौद्धिक अपाङ्गता स्रोत कक्षाका बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

Gunasthariya Shiksya

लिटिल गार्डेन एकेडमीको बाल क्लव र जुनियर रेडक्रस सर्कलले स्रोत कक्षाका १९ जना वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि जनही रु. नौ सय मूल्य बराबरको सहयोग गरेको हो ।

Shreekrishna

बाल क्लवका अध्यक्ष प्रिन्स बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालनमा भएको कार्यक्रममा लिटिल गार्डेनका प्रिन्सीपल दिपक सुवेदी, शिक्षक प्रेम जि.सी., अतिरिक्त क्रियाकलाप संयोजक नगेन्द्र गौतमले बालजागृति आधारभूत विद्यालयका प्रअ धनबहादुर क्षेत्री मार्फत सामग्री वितरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...