ढुङगाना प्रतिष्ठान म्याग्दीको अधिवेशन

Gandaki Pardesh notice

बेनी, । ढुङगाना प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनले मुक्तिनाथ शर्मा ढुङगानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिलाल ढुङ्गाना (अर्जुन), सचिवमा हरिप्रसाद ढुङ्गाना, कोषाध्यक्षमा अम्बिका ढुङ्गाना (क) चयन हुनुभएको छ । सदस्यहरुमा ठाकुरप्रसाद शर्मा ढुङ्गाना, विरेन्द्र ढुङ्गाना, कृष्णकुमारी ढुङगाना र कुमार ढुङ्गाना रहनुभएको छ ।

Bhautik ministry notice about road

वृद्धीप्रसाद ढुङ्गाना, प्रेमप्रसाद ढुङ्गाना र रामजी ढुङ्गानालाई सल्लाहकारमा चयन गरिएको प्रतिष्ठानले जनाएको छ ।

Shreekrishna hardwear in news

अधिवेशन आयोजक समितिका संयोजक वुद्धीप्रसाद ढुङ्गानाको अध्यक्षता, सचिव हरिप्रसाद ढुङ्गानाको सञ्चालन र ढुङ्गाना प्रतिष्ठान नेपालका उपाध्यक्ष सुदीपराज ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष डा. दीर्घनाथ ढुङ्गाना, केन्द्रिय सदस्य केशवप्रसाद ढुङ्गाना, गण्डकी प्रदेश सदस्य खिमराम ढुङ्गाना, बालकृष्ण ढुङ्गाना, कास्कीका अध्यक्ष बिष्णुहरि ढुङ्गाना र कोषाध्यक्ष बद्रीनाथ ढुङ्गानाको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...