पश्चिम नेपालका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

Add Samajik bikash office

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

मंसिर २१ देखि २४ गतेसम्म पोखरामा भएको तालिमको उद्घाटन् नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला देवी गिरीको प्रमुखत्वमा भएको थियो । तालिममा सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्य, विभिन्न उपसमितिका सदस्य र व्यवस्थापन समूहबाट गरी २७ जनाको सहभागिता रहेको थियो ।

Bhautik ministry notice about road

तालिममा शुभकामना नेफ्स्कूनका सञ्चालक समितिका सदस्य कमला गिरीले सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम साकोस अभियान सिकाइको लागि महत्वपूर्ण तालिम रहेको स्पष्ट पार्नुभयो । साकोस सञ्चालनको क्रममा नीति, विधि र प्रविधिबाट सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । साकोसले सदस्यहरुलाई सहकारी शिक्षा र उद्यमी बन्ने तर्फ उन्मुख हुनु पर्ने कुरामा समेत जोड दिनुभयो ।

Shreekrishna hardwear in news

अध्यक्ष भिम प्रसाद गौतमले सहकारी निरन्तरको सिकाई भएको र सिकेको ज्ञान सीप व्यवहारमा उतारेर अगाडि बढ्नसके साकोसको प्रभावकारी सञ्चालन सम्भव हुने बताउनुभयो । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका व्यवसाय विभागका प्रमुख दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...