म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक छौ – वरिष्ठ उपाध्यक्ष ढकाल

Add Samajik bikash office

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघको २९ औ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभयो । ढकालले निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाई गर्ने प्रतिवद्धता जनाउनुभयो ।

‘मुस्ताङ र मुक्तिनाथको प्रवेशद्धारमा रहेका हिमालले म्याग्दीको पर्यटन क्षेत्रमा सम्भावना छ,’ उहाँले भन्नुभयो ‘यहाँका स्थानीय तह र उद्योगी व्यवसायी अग्रसर हुनुहोस । निजी क्षेत्रेको छाता संगठनको नेतृत्व भएको नाताले ठूलो लगानी भित्र्याउन महासंघले समन्वय गर्छ ।’

Shreekrishna hardwear in news

चन्द्रगिरि हिल्स केबुलकारका संस्थापक समेत रहेका ढकालले सातै प्रदेशमा केबुलकार परियोजनाको परिकल्पना गरिएको बताउनुभयो । निजी क्षेत्रले म्याग्दीमा केही जलविद्युत आयोजना निर्माण सकेका, केही निर्माणको क्रममा रहेको र कालीगण्डकीमा थप १५० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको तयारीमा रहेको ढकालले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका कारण आर्थिक र व्यवसायिक क्षेत्रमा असर देखिन थालेको बताउनुभयो । ‘थला परेको अर्थतन्त्र र व्यवसायिक क्षेत्रलाई चलायमान बनाउन छरिएको पुँजीलाई एकिकृत गरेर उत्पादनशिल क्षेत्रमा परिचालन गर्न आवश्यक छ,’ ढकालले भन्नुभयो ‘बैकिङ क्षेत्र भन्दा बाहिर छरिएर रहेको पुँजीलाई एकिकृत र परिचालन हुने वातावरण वनाउन नीति निर्माण तहमा पहल गरेका छौ ।’

गैरआवासीय नेपाली र प्रवासीहरु मार्फत वैदेशिक पुँजी भित्र्याउन विद्यमान नीतिगत व्यवस्था र लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकार देखि समुदायले चासो दिनुपर्ने उपाध्यक्ष ढकालको भनाई थियो ।

Bhautik ministry notice about road

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, संविधानसभा सदस्य रेशमबहादुर बानिया, बेनी नगरपालिका प्रमुख सुरत केसी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले सडक, बेनी अस्पतालको भवन लगायत योजना निर्माणमा भएको ढिलासुस्तिले यहाँको आर्थिक, ब्यापारिक गतिबिधिमा पनि असर पुगेकोमा ध्यानाकर्षण गराउनुभएको थियो ।

महासचिव अमित बानियाले उद्योगी व्यवसायीहरुको सहजताका लागि राजस्व र व्यवसाय दर्ताका लागि सहजिकरण, बेनीमा सिसिटिभी क्यामेरा सञ्चालन, बेनी नगरपालिकासँग समन्वय गरेर व्यवसाय कर संकलन, पालिका स्तरका व्यवसायीहरुलाई तालिम उपलब्ध गराइएको बताउनुभयो ।

कोषाध्यक्ष सुवर्ण रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघले स्थापना गरेको व्यवसायिक हित कोषमा एक हजार ६१९ जना व्यवसायी आवद्ध भएका र गत आवका २६ जनालाई रु. दश लाख सहित हालसम्म २७ लाख ८५ हजार सहयोग गरिएको जानकारी दिनुभयो ।

कोरोनाले थला परेको आर्थिक गतिबिधि र व्यवसायलाई चलायमान गराउन आगामी पुष २८ देखि माघ ८ गतेसम्म सातौ म्याग्दी महोत्सव गर्न लागिएको संघले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...