छोराको उपचार पुरा नहुँदा समस्या

Gandaki Pardesh notice

गलेश्वर, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका जोखबहादुर र राजकुमारी बिकका १२ वर्षीय छोरा राजकुमार गत जेठ महिनादेखि थलिएका छन् ।

जन्मजात अपाङ्ग रहेका राजकुमार गत जेठ महिनामा एक्कासी बेहोस भएका थिए । हिडडुल गर्न, खान, कपडा फेर्न, शौचालय जान, सुत्न, उठ्न केही गर्न सक्दैनन् । स्याहार सुसार गर्न एक जना साथमा भैरहनुपर्छ । बोल्न सक्दैनन् ।

“ढल्यो भने बेहोस भैहाल्छ,” राजकुमारीले भन्नुभयो “तत्कालै अस्पताल पु¥याउनु पर्ने हुन्छ । आइसीयुमा राखेर उपचार गर्नुपर्छ ।” बेनी र पोखराको मणिपाल शिक्षण अस्पतालमा औषधी र उपचार गर्दै आएका छन् । आमा राजकुमारीका अनुसार जन्मदाँ राजकुमारको मष्तिष्क पूर्ण रुपमा विकास भइसकेको थिएन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उमेर बढ्दै गएपछि उनमा अहिले नशा सम्बन्धी समस्या बल्झिएको हो । कक्षा ३ सम्म पढ्न गलेश्वरको बोर्डिङमा गएका थिए । उनिहरु हाल बेनी नगरपालिका–९ गलेश्वरमा बस्दै आएका छन् । विक दम्पत्तीका राजकुमार सहित चार छोराछोरी छन् ।

२० वर्षदेखि रोजगारीका लागि विदेशमा रहेका राजकुमारका बुवा जोखबहादुर छोरा बिरामी भएपछि नेपाल आउनुभएको छ । राजकुमारी पनि छोराकै उपचार र स्याहार सुसारमा समय दिनुपर्दा व्यवसायमा समय दिन सक्नुभएको छैन् । तीन छोराछोरीको पढाई, घरब्यवहारका साथै बिरामी छोराको उपचारखर्च जोहो गर्नुपर्ने बाध्यतामा वि.क. दम्पत्ती हुनुहुन्छ ।

“हामी बुढाबुढीले अहिलेसम्म कमाएर गलेश्वरमा जोडेको घडेरी बेचेको पैसाले पनि उपचार पुरा भएन्,” राजकुमारीले भन्नुभयो “काठमाडौ अथवा भारतको न्युरो अस्पतालमा लगेर शल्यक्रिया गर्ने हो भने सफल हुन्छ भन्छन् । करिब ६० लाख रुपैयाँ सकियो । सरसापटी र ऋण गर्ने ठाउँ पनि बाँकी भएन् । केही आफन्तको सहयोगमा औषधीको व्यवस्था गरेका छौ । आफ्नो आम्दानीको स्रोत गुम्यो । छोराको थप उपचारका लागि आर्थिक स्रोत जुटाउन नसकेर चिन्तित भएका छौ ।”

राजकुमारको उपचारका लागि विक दम्पत्तीले सहयोगको अपिल गर्नुभएको छ । प्रभु बैंकमा राजकुमारी बि.क.को नाममा ०७६०१६८२७६९०००१५ नम्बरको खाता खोल्नुभएको छ । इच्छुक व्यक्तिहरुले सहयोगका लागि राजकुमारी बि.क.लाई ९८४४९११८४०) नम्बरमा सहयोग गर्न सक्नुहुनेछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...