जनताको ब्यालेट बिद्रोह

Sinchai Khanipani notice

हरिप्रसाद पौडेल
संघीय गणतन्त्र नेपालको दोस्रो आम निर्वाचन २०७९ वाट देशमा प्रजातन्त्र स्थापना गर्न लामो समय खर्चेको दल नेपाली कांग्रेस पहिलो निर्वाचन २०७४ को स्थितिलाई सुधार गर्दै प्रत्यक्ष तर्फ ५७ सिट पहिलो पार्टी बनेको छ ।
सतहमा हेर्दा यो कांग्रेसजनका लागि सुखदनै होला तर समानुपातिक मत परिणाम हेर्दा पहिलो दल नेकपा एमाले बनेको छ । प्रतिनिधि सभाको २५७ सिटमा प्रत्यक्ष र समानुपातिक दुवै सिट जोड्दा संख्यामा नेपाली कांग्रेस नै पहिलो दल बनेको छ । नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेको छ ।
जनमतको संरक्षण गर्न नसक्ने दल र नेपालकोे संविधान २०७२ ले ब्यवथा गरेको मिश्रित निर्वाचन प्रणालीका कारण देशमा कुनैपनि दलको एकल बहुमत आउन सक्ने स्थिति कहिल्यै नवन्ने निश्चित जस्तै छ । अर्को तर्फ स–साना दलहरु जस्ले क्षेत्रिय रुपमा मतदाता प्रभावित बनाईरहेका हुन्छन् उनिहरुले अस्तित्व रक्षाका लागी कुनै न कुनै दल संग सन्निकट रहन खोज्ने कारणले ठूला भनिने दलहरुले निर्वाचनमा उनिहरुको साथ खोज्ने गरेको पाईन्छ ।
यसैको प्रभाव संघीय निर्वाचन २०७९ मा समेत गतिलो गरि देखापर्यो । नेपाली कांग्रेस नेकपा माओवादी समाजवादी लगायतका दल घोषित रुपमै देशब्यापी रुपमा गठबन्धन गरेरै निर्वाचन मा गए भने नेकपा एमाले ले फरक ठाउँमा फरक साना शक्ति लाई आफु अनुकुल हुनेगरी समिकरण गरेर निर्वाचनमा होमियो । निर्वाचन को परिणामले गठबन्धन लाई खुम्च्याईदियो भने नेकपा एमाले को २०७४ को दम्भलाई पनि ठेगान लाईदियो । केहि नयाँ दलहरु देखापरे यसलाई संसदीय ब्यवस्था बाटै जनताले गरेको विद्रोहको रूपमा लिन सकिन्छ । समग्रतामा फेल भैसकेको आंकलन गरिएको प्रणालीमा जनताले गरेको ब्यालेट विद्रोहले केही सकारात्मक सञ्चार गरेको छ ।
निर्वाचन को परिणाम र जनताले गरेको ब्यालेट विद्रोहलाई संबोधन गर्दै जनमतको कदर गर्ने सरकार गठन गर्नु र जनपक्षिय कार्य गर्नु जनमतको न्याय हो । जनमतलाई न्याय गर्न पहिलो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा अन्य दलहरुसँग को सहकार्यमा स्पष्ट कार्यदिशा तय गरेर पुर्णकाल सञ्चालन हुने सरकार गठन हुनुपर्छ र दोस्रो ठूलो दल नेकपा एमालेले सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । सबै दलका पाका नेताहरुले अभिभावकीय भूमिकामा रहेर कार्यकारी अधिकार पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो जनभतको कदर हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...