रहेनन् निर्माण व्यवसायी बरुवाल

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ मा बुधबार ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार भवन निर्माणका लागि खनिएको जगको नाँपजाँच गर्न पुगेका बरुवाललाई ढिस्कोले पुरेको थियो ।
स्थानीयवासी र प्रहरीले डोजरको सहायताले ढिस्को पन्छाएर उद्धार गरि बरुवाललाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो । अस्पताल पु¥याउँदा मृत घोषणा गरेका थिए । बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुनुहुन्छ ।
ठेक्का लिएको योजनाको काम समयमै सम्पन्न गर्ने सिमित निर्माण व्यवसायी मध्यमा बरुवाल पर्नुहुन्थ्यो । बरुवाल नेपाली काँग्रेसको अन्नपूर्ण गाउँपालका वडा नम्बर ६ को वडा ईकाई समिति सभापति समेत हुनुहुन्थ्यो । बरुवालको निधनले घार गाउँ शोकमा डुबेको स्थानीयबासीले बताएका छन् ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...